मनाइयो क्रिसमस

डिसी नेपाल
९ पुष २०७६ २१:३७

काठमाडौं । प्रभु येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी क्रिसमस दिवस मनाएका छन् । ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।

आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय क्रिस्चियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरेका छन् । हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको उनले बताए ।

यस अवसरमा शहरका विभिन्न स्थानमा क्रिसमस ट्रि सजाएर राखिएको छ । क्रिश्चियन धर्मावलम्बीले एकापसमा शुभकामना आदानप्रदान गरी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *