हल्लाको पछि नलाग्नुस्, वैज्ञानिक तरिकाले बुझ्नुस् के हो सूर्यग्रहण ? (लाइभ भिडियोसहित)

डिसी नेपाल
१० पुष २०७६ ९:१९

काठमाडौं। सूर्यग्रहण वा चन्द्रग्रहण दुवैको धार्मिक र वैज्ञानिक महत्व बुझ्नु जरुरी हुन्छ । वर्षको अन्त्यमा लागेको यो सूर्यग्रहणलाई ‘रिंग अफ फायर’ नाम दिइएको छ । यसलाई लिएर कैयौं मानिसहरुमा डर छ । यद्यवि वैज्ञानिक दृष्टिले यो एउटा खगोलीय घटनाबाहेक अरु केही पनि होइन ।

धार्मिक दृष्टिले भने यसमा केही सावधानी अपनाउनुपर्ने शास्त्रमा उल्लेख छ । जस्तै ग्रहण कालमा भोजन गर्नु हुँदैन । यो अवधिमा भोजन गर्न मात्र नभइ बनाउन पनि निषेध गरिएको छ । यो अवधिमा शारीरिक सम्बन्ध समेत नबनाउन सल्लाह दिइएको छ । यसका अलावा गर्भवती महिला र रोगीहरुलाई धेरै सतर्क रहन भनिएको छ ।

वैज्ञानिकहरु भने ग्रहणमा जुन काम एक सामान्य व्यक्तिले गर्न सक्छ ती काम गर्नबाट गर्भवती र रोगीलाई रोकिनुलाई अन्धविश्वास भन्छन् । यद्यपि अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले ग्रहण लाग्नुभन्दा अघि एउटा चेतावनी जारी गरेको छ । नासाले यो ग्रहणलाई नाङगो आँखाले नहेर्न भनेको छ । ग्रहण हेर्नको लागि कालो चमा प्रयोग गर्न वा अनलाइनमा हेर्न सुझाव दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *