आजको सूर्यग्रहणलाई नासाले भन्यो – ‘सुन्दर तर खतरनाक’

डिसी नेपाल
१० पुष २०७६ ९:४१

काठमाडौं। अहिले नेपालसहित दक्षिण एसिया र मध्यपूर्वका देशहरुमा सूर्यग्रहण लागिरहेको छ । यो २०१९ को अन्तिम सूर्यग्रहण हो । यो ग्रहण नेपालमा साढे ११ बजेसम्म रहनेछ । नेपालबाट ग्रहण हटिसकेपछि पनि मध्यपूर्वका देशहरुबाट भने ग्रहण थप केही घण्टासम्म देख्न सकिनेछ ।

आजको यो सूर्यग्रहणको बारेमा अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले चेतावनी जारी गरेको छ । नासाले मानिसहरुलाई सूर्यग्रहण अवधिमा सावधानी अपनाउन भनेको छ । नासाले झुक्किएर पनि सूर्यग्रहणलाई नाङगो आँखाले नहेर्न चेतावनी दिएको छ । स्काइ एट नाइट म्यागजिनले पनि नासाको चेतावनीलाई गम्भीरतापूर्वक लिँदै मानिसहरुलाई सतर्क रहन सुझाव दिएको छ ।

नासाले यो ग्रहण सुन्दर हुनुका साथसाथै खतरनाक पनि हुने भनेको छ । सूर्यग्रहण हेर्न उत्साहित मानिसहरुलाई नासाले विकिरणबाट बचाउने चस्मा प्रयोग गर्न सल्लाह दिएको छ । यो सूर्यग्रहणको फोटो खिच्दा समेत सोलार फिल्टरको प्रयोग गर्न सुझाव दिएको छ । कैयौं अनलाइन प्लेटफर्ममा सूर्यग्रहणको लाइभ स्ट्रिमिङ गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *