सूर्यग्रहणः दुबईमा देखियो ‘रिंग अफ फायर’ लाइभ भिडियो हेर्नुहोस्

डिसी नेपाल
१० पुष २०७६ १०:००

काठमाडौं। जारी सूर्यग्रहणमा युएइको दुबइबाट ‘रिंग अफ फयर’ देखिएको छ । दक्षिण एसिया र मध्यपूर्वका धेरै देशमा अहिले सूर्यग्रहण लागिरहेको छ । ग्रहणका क्रममा निकै अद्भूत दृश्यहरु देखिएका छन् ।

यो पूर्ण सूर्यग्रहण हुने छैन । यसपटक चन्द्रमाले सूर्यको सबै भाग ढाक्न सक्ने छैन । यो ग्रहणमा सूर्यको बीचको भाग ढाकिनेछ तर किनाराको भाग प्रकाशित हुनेछ । यसलाई रिंग अफ फायर भनिन्छ । युएइको दुबइमा रिंग अफ फायर देखिएको दृश्यको समाचार एजेन्सी एउनआइले फोटो प्रकाशित गरेको छ । यो ग्रहण धनु राशी र मूल नक्षत्रमा हुनेछ । सूर्यको साथमा केतु, बृहस्पति र चन्द्रमा हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *