श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

डिसी नेपाल
१० पुष २०७६ १२:३२
काठमाडौँ । सुनसरीको धरान उपमहानरपालिका– १५ मा श्रीमान्को कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ।
 
मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।
 
श्रीमान् काजीमान र श्रीमतीबीच घरायसी बादविवाद भई कुटपिट भएको थियो।
 
कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए ।
 
प्रहरीले श्रीमती हत्यामा संलग्न काजीमानलाई पक्राउ गरेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *