डलर साट्ने बहानामा १५ लाख रुपैयाँ ठगेर फरार

डिसी नेपाल
१० पुष २०७६ १२:४५

काभ्रे । धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको नर्सिङ होस्टेल पछाडीबाट अपरिचित व्यक्तिहरुले डलर साट्ने बहानामा १५ लाख रुपैयाँ ठगी गरेका छन् ।

बुधबार दिउँसो रुकुम मुसिकोट नगरपालिका–२ खलङगा बस्ने ३० वर्षीय पुरूषको साथबाट नगद १५ लाख रुपैयाँ ठगी भएको हो ।

नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित २ जना व्यक्तिहरुले डलर साट्ने बहानामा उनको साथबाट उक्त नगद लिई फरार भएको बताईएको छ ।

फरार व्यक्तिहरु खोजी भईरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *