राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक (पहिलो संशोधन), २०७५ माथि सैद्धान्तिक छलफल भएको छ ।
छलफलमा उठेका विषयमा स्पष्ट पार्दै अर्थमन्त्री डा. युवराज खतिवडाले जरिवाना र दण्ड बढाएर मात्रै चुहावट नियन्त्रण हुँदैन भन्ने र अर्बौं चुहावट हुँदा पनि कुनै कारवाही नहुने भन्ने दुई सैद्धान्तिक दृष्टिकोणका बीच यस विधेयकमा बढी चुहावट गर्नेलाई बढी जरिवाना र कम चुहावट गर्नेलाई कम जरिवानाको व्यवस्था गरिएको बताए ।
उनले चुहावट नियन्त्रणका लागि सुराकीका नाममा हुने विकृति अन्त्यका लागि पनि व्यवस्था गरिएको बताए ।
सैद्धान्तिक छलफलपछि सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।
विधेयकमा संशोधन राख्न चाहने सदस्यले संसद् सचिवालयमा तोकिएको समयभित्र संशोधन दिन सक्नेछन्।
बैठकमा अर्थमन्त्री डा. खतिवडाले सांसद जीतेन्द्र देवले राजस्वको विषयमा दण्ड र डर नभई करदाता तथा उद्यमीलाई जिम्मेवार बनाउँदै प्रोत्साहन गरेर सङ्कलन गराउने नीति लिन आग्रह गरे।
सांसद रामनारायण विडारीले सरकारको ढुकुटीमा आउनुपर्ने पैसा ढुकुटीमा नआएर किन व्यक्तिको पोल्टामा जान्छ, किन चुहिन्छ भन्नेमा अध्ययन हुनुपर्ने बताए ।
बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित उक्त विधेयक विचार गरियोस् भनी अर्थमन्त्री खतिवडाले प्रस्ताव प्रस्तुत गरेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक यही पुस १४ गते सोमबार दिउँसो १ बजे बस्नेछ।
कस्तो पहिला कहिले पनि नदेखेको , देखन पर्छ नेपालमा। मुस्सलवान त नेपालभरी। (१) हिन्दू धर्मको उत्पात्ति भूमि नेपाल मा , मुस्सलवान त किरा जस्तो :- मुस्सलवानको , धर्म देश ” साउदी अरब ” मा , Visa पनि नदिने ( जनावार भन्दा सस्तोमा , काम लगाउने र तिनीहरुको ज्याला चोर्ने भए काजगी visa दिने हैना भने , Visa पनि नदिने। (२) बुद्ध धर्मको उत्पाति देशमा , मुस्सलवान रगत चुसेर बसन मिल्दैन। कहिले सम्म बसने ? अरुको धर्मको देशमा ??? ??????? यस्तो नहुने नहुने काम किन गरेको हो ??? नेपालको बिरुद्धमा जानू पनि सीमा हुन्छ , तर तेति रगत चुसेर , फोहोर बनाएर होईना। (३) हिन्दू र मुस्सलवान कसरी मिल्छ ??? जब की मुस्सलवान मुस्सलवान काटकाट गरेर , कता एक गास खाना पाइन्छ भनेर अरु धर्मको देशमा चोर्न पसेको छ। (४) एकपेट नेपाल पसेको गरीब मुस्सलवान , नेपालको चोरेर , नेपालमै घर बनाइसकेछ , नेपालको चोरेरर नेपालमै जग्गा किनको रहिच। मुस्सलवान बाहुन जस्तै ख़राब हो , चोर्ने।