‘नेकपामा विद्रोह हुन सक्छ’
विकास निर्माणमा सन्दर्भमा मुलुकले जुन गति लिुनपर्ने हो र समृद्धिका लागि मुलुकले जुन प्रकारले फड्को मार्नु पर्ने हो, त्यसो हुन सकेको देखिएन। सत्तारुढ दल भित्र दुई वटा कम्युनिष्ट पार्टीको समायोजन भएर नेकपा बनेको विषय आम राजनीतिक वृत्त र नेपाली जनमानसमा प्रचार गरिएता पनि वास्तविक रुपमा समायोजन वा एकीकृत भइसकेको अवस्था देखिएन।
अहिले आएर पार्टीको नेतृत्व र सरकारको नेतृत्वका विषयमा नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्ड शक्ति संघर्षमा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा लागेको देखिन्छ, त्यसलाई विश्लेषण गर्दा दुई वटा पार्टीकै मानसिकतामा यी दुई अध्यक्ष छन् भनेर अनुमान लगाउन सकिन्छ।
अहिले सभामुखको निर्वाचनको चर्चा चल्दै गर्दा पूर्व कुन पार्टीको सदस्यलाई सभामुख बनाउने भन्ने जस्ता कुराको सहमति सचिवालय बैठकमा हुन सकेन। सचिवालय वा स्थायी कमिटीमा हुन नसकेको विषय दुई अध्यक्षले मिलाउने भनेर जुन सहमति भयो, त्यसले के देखाउँछ दुई पार्टी समायोजन भएर एकीकृत भइनसकेको, मन मिलिनसकेको र एउटा पार्टी बनिनसकेको देखियो।
भ्रष्टाचार र अनियमितता मौलाउनुमा नेतृत्वको पनि दोष हुन्छ। नेतृत्व सक्षम र स्वच्छ भएमा पनि यता काम निरुत्साहित हुन्छन्। हाकिम सक्षम र स्वच्छ भएमा मातहतका कर्मचारी आफैं हच्किन्छन्। त्यसैले नेतृत्वमा बस्ने मानिस लोभी र पापी अनि निर्दयी हुनु भएन। आफ्ना स्वार्थका लागि अर्कालाई मार्ने काम गर्नु भएन।
पार्टी प्राविधिक र कानुनी रुपमा एक भइसकेको भए पनि सोच एक हुन सकेको देखिएको छैन। पार्टीभित्र पुरानो पार्टीको ह्याङओभर बाँकी नै छ। नेताहरुको मनमा अहिले पनि म एमाले वा म माओवादी भन्ने सोच हावी छ।
पार्टी एकीकररण भएको दुई वर्ष हुन लागिसकेको छ तर सोचमा अझै एकरुपता छैन । पहिले एउटा पार्टीमा रहेकाले अर्को पार्टीमा रहेकालाई आफ्नो ठान्न सकेका छैनन् । एकीकरणपछि पार्टीभित्र यो विभाजनकारी रेखा मेटिनुपर्ने थियो तर दुवै पक्षका नेताले त्यो रेखा मेटाउन प्रयास गरेको देखिएन।
यसरी हेर्दा नेकपाभित्र कुनै पनि बेला विष्फोट, विद्रोह र राजनीतिक शक्तिको रुपमा ठूलो क्षयीकरण वा विग्रह नेकपाले व्यहोर्नु पर्ने अवस्था नआउला भन्न सकिँदैन। यो मुलुकको राजनीतिक स्थायित्वका लागि दुर्भाग्यपूर्ण हुन्छ। जसरी पद र शक्ति अनि पैसाको लोभमा नेकपाको नेतृत्वमा रहेका नेताहरुको इच्छा देखिन्छ त्यसले देश बनाउने र सुखी नेपाली, समृद्ध नेपाल बनाउने भन्दा सुखी आफू र समृद्ध आफू बनाउने अभियानमा नेकपाका नेता लागेको अनुभूति हुन थालेको छ।
नीतिगत रुपमा कम्युनिष्टको रकार भएका बेला भ्रष्टाचार भएको चर्चा व्यापक सुनिन्छ। नीतिगत रुपमा तल्लो तहदेखि माथिल्लो तहसम्म विकास खर्चलाई दोहन गरेर ‘जसको हात, जगन्नाथ’ बन्ने र तलदेखि माथिसम्म भाग टक्र्याउने कुरा चलिरहेको गुनासो सुनिन थालिएको छ। जुवाडे समातिए पनि नेतृत्वको वरिपरि रहेको मानिस छ भने कानुन नलाग्ने देखिएको छ। अपराधी वा भ्रष्टाचारी समातिए पनि नेतृत्वको नजिक र भाग पुर्याएको मान्छे छ भने ऊ सफा देखिने अवस्था छ।
तर नेतृत्वमा भाग नपुर्याएका मानिस अपराधी र भ्रष्टाचारी देखिएका छन् र उनीहरु कारवाहीमा परेका छन्। यी विषय सुन्दा अप्रिय लाग्न सक्छ। तर जसले देखेकै, भेटेकै र भोगेकै छ, उसले भनेपछि नपत्याउने कुरा हुँदैन।
भ्रष्टाचार र अनियमितता मौलाउनुमा नेतृत्वको पनि दोष हुन्छ। नेतृत्व सक्षम र स्वच्छ भएमा पनि यता काम निरुत्साहित हुन्छन्। हाकिम सक्षम र स्वच्छ भएमा मातहतका कर्मचारी आफैं हच्किन्छन्। त्यसैले नेतृत्वमा बस्ने मानिस लोभी र पापी अनि निर्दयी हुनु भएन। आफ्ना स्वार्थका लागि अर्कालाई मार्ने काम गर्नु भएन। आफ्ना स्वार्थका लागि अरुलाई बाध्यतामा परेर गलत काम गराउनु भएन।
बेलुका टेलिभिजन च्यानल खोल्दा कलाकारका हास्य शृंखला आएका हुन्छन्। उनीको व्यंग्यात्मक शृंखलामा लिम्पियाधुराको सीमा मिचिएका विषय, जंगे पिलर रातारात हराएका विषय, सार्वभौम जनताको प्रतिनिधि निरीह बनेको बोल्न नसकेको विषय उठान भएको देखिन्छन्।
बडो लज्जास्पद अवस्था छ। सक्षम र स्वच्छ, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विश्वास जित्न सक्ने र छिमेकी मुलुकमा नेतृत्व चलाइ रहेका नेतृत्वको मन जित्न र सहमत गराउन सक्ने, सीमा विवादको निरुपण गर्न सक्ने र मुलुकलाई समृद्धतर्फ लैजान सक्ने सक्षम युवा पुस्ताको नेतालाई नेतृत्व हस्तान्तरण गरेर नेकपाका अध्यक्षद्वयले बेलैमा देश र जनताको हितमा त्याग देखाउनु नै मुलुक र जनताको हितमा हुन्छ।
Facebook Comment