मोरोक्कोमा २७ हजार अवैध आप्रवासी पक्राउ
रबात । मोरोक्कोमा सन् २०१९ मा अहिलेसम्म कुल २७ हजार ३ सय १७ जना अवैध आप्रवासीहरु पक्राउ परेका छन् । उनीहरु मध्ये २० हजार ११४ जना विदेशी रहेको प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१९ भरीमा ६२ ओटा बेचविखन सम्वन्धी सञ्जाललाई तोडिएको र ५०५ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी ३ हजार २१ जनाको नक्कली तथा झुटो कागजपत्रहरु नियन्त्रणमा लिइएको थियो ।
मोरोक्कलाई युरोप जाने माध्यमका रुपमा अफ्रिकी अवैध आप्रवासीहरुले प्रयोग गर्ने गरेका छन् । त्यसैले मोरोक्कोबाट धेरै आप्रवासीहरु पक्राउ पर्ने गरेका हुन् ।
प्रतिक्रिया
Facebook Comment