कलाले नेपाल चीनबीचको सम्बन्ध अझै उचाँइमा पुर्‍याउँछ

डिसी नेपाल
१० पुष २०७६ १९:३७

काठमाडौं । राजधानी काठमाण्डौमा नेपाल र चिनीयाँ कलाकारको मैत्रीकला प्रर्दशनी सुरु भएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा विहिबार देखि सुरु भएको प्रर्दशनीमा नेपाली कलाकार तथा प्राज्ञ धर्मराज शाक्य र चीनका प्रख्यात कलाकार झेन झोन्गीका चित्रकला र मूर्तिकलाहरु राखिएको छ ।

नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी सङ्घले नेपाल–चीन दांैत्य सम्बन्धको ६५ वर्ष पुगेको सन्दर्भमा दुई देशका कलाकारहरुको मैत्रीकला प्रदर्शनी गरेको हो । प्रर्दशनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । क्यानभासमा गणेशको चित्र कोरेर उपराष्ट्रपति पुनले मैत्रीकला प्रर्दशनीको उद्घाटन गरेका हुन् ।

औपचारिक उद्घाटनपछि उपराष्ट्रपति पुनले चित्रकला प्रर्दशनीको अवलोकन पनि गरेका थिए । प्रर्दशनीमा नेपाली कलाकार तथा प्राज्ञ धर्मराज शाक्यका २४ वटा गणेशको चित्रको साथै १० वटा नेपाली मुर्ति र चिनीया कलाकार झेन झोन्गी का ३० वटा श्यामश्वेल चित्र प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीले दुई देशबीच प्राचीन कालदेखि कायम धार्मिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पु¥याउनुका साथै चीन र नेपालबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै चिनिया कलाकार झेन झोन्गीले दुवै देश पुरानो सभ्यता र संस्कृतिको धनी भएकाले दुवैको सम्पदाको प्रयोग र कला तथा सिप आदान प्रदानमा प्रर्दशनीले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

हपेई एकेडेमी अफ फाईन आर्टसका डिन समेत रहेका चित्रकार झोन्गीले नेपालमा आयोजित कला प्रदर्शनीमा सहभागी हुन पाउँदा आफु अत्यन्तै खुसी भएको बताए । शिक्षा क्षेत्रमा विशेष योगदान पुर््याउदै आएका चिनीया कलाकार झोन्गीले विश्वका विभिन्न स्थानमा कला प्रर्दशनी गरिसकेका छन् । कार्यक्रममा क्रोधकला शिरोमणी वरिष्ठ मूर्तिकार कालु कुमाले, वरिष्ठ समाजसेवी अम्बिका श्रेष्ठ, चिनिया कलाकार झेन झोन्गी, वरिष्ठ चिनिया पत्रकार सु हाओ, लगायतलाई सम्मान गरिएको थियो । प्रर्दशनी ५ दिन सम्म चल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *