नयाँ सभामुख नेम्वाङ कि सापकाेटा ?

काठमाडौं। शुक्रबार (आज) प्रतिनिधिसभा बैठक बस्दैछ। आजैदेखि सभामुखको निर्वाचन प्रक्रिया सुरु हुँदैछ। तर सत्तारुढ दल नेकपाले भने हालसम्म सभामुखको उम्मेद्वार टुंगो लगाउन सकेको छैन। नेकपाभित्र सभामुख पूर्व एमालेले पाउनेकी माओवादीले भन्ने विषय पेचिलो बन्दै गएको छ।
प्रधानमन्त्री केपी ओली पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउने चाहना राख्छन् भने अर्का अध्यक्ष प्रचण्डमाथि पूर्व माओवादीबाटै सभामुख बनाउनुपर्ने दवाब छ। पूर्व माओवादीभित्र सभामुखका लागि अग्नि सापकोटाको नाम चर्चामा छ। नेकपा सचिवालय बैठकले सभामुखको उम्मेद्वार टुंगो लगाउने जिम्मा अध्यक्षद्वयलाई दिएको छ। अध्यक्षद्वयले सभामुखको उम्मेद्वार टुंगो लगाउन सकेका छैनन्।
‘सभामुखको उम्मेद्वार चयन गर्ने जिम्मा अध्यक्षद्वयको हो,’ नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले डिसी नेपालसँग भने, ‘अहिलेसम्म कसलाई उम्मेद्वार बनाउने भन्ने विषयमा निर्णय भसकेको छैन। अब चाँडै निर्णय हुन्छ।’
प्रधानमन्त्री केपी शर्मा ओली संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई बनाउनुपर्ने पक्षमा रहेका छन् भने अध्यक्ष प्रचण्ड अग्नि सापकोटालाई सभामुख बनाउनुपर्ने अडानमा रहेका कारण उम्मेद्वारको टुंगो लाग्न नसकेको हो।
बिहीबार उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने तयारी गरेकी थिइन्। तर अन्तिम अवस्थामा उनले राजीनामा दिइनन्। उपसभामुख आफैं सभामुख बन्न पाउनुपर्ने दाबी गर्दै आएकी छन्। उनले सभामुखले गरेको गल्तीको सजाय आफूलाई दिन नहुने बताउँदै आएकी छन्।
पार्टीले सभामुख बनाउने निर्णय नगर्दासम्म उपसभामुखबाट राजीनामा नगर्ने अडानमा तुम्बाहाम्फे रहेको स्रोतले बतायो। तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गतेयता सभामुख पद रिक्त छ।
प्रधानमन्त्री केपी शर्मा ओली संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई बनाउनुपर्ने पक्षमा रहेका छन् भने अध्यक्ष प्रचण्ड अग्नि सापकोटालाई सभामुख बनाउनुपर्ने अडानमा रहेका कारण उम्मेद्वारको टुंगो लाग्न नसकेको हो।
सभामुख पद नेकपा आफैंले राख्न चाहेपछि उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ। सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने प्रावधान रहेको छ।
प्रचण्ड निकट मानिने नेता देवेन्द्र पौडेलले सभामुख कसलाई बनाउने भन्ने विषयमा दुई अध्यक्षबीच आज छलफल हुने बताए। ‘कसलाई बनाउने भन्ने विषयमा दुई अध्यक्षबीचको छलफलबाट टुंगो लाग्छ,’ नेता पौडेलले डिसी नेपालसँग भने, ‘आजै टुंगिदैन।तर सभामुखको निर्वाचन अगाडि नै यो विषयमा सहमति भइसक्छ।’ उनले दुई अध्यक्षले गर्ने निर्णयलाई सबैले स्वीकार गर्ने बताए।
उपसभामुख तुम्वाहाम्फेले राजीनामा गरेपछि जेष्ठ सदस्यले संसद् बैठकको अध्यक्षता गरेर निर्वाचन प्रक्रिया शुरु गर्ने तयारी दल र संसद् सचिवालयबीच छलफल भइसकेको छ।
” मान्छे को बलि , पनि दिन्छ र ? भन्छ। ” (१) हो , त्यो सत्य हो , सही हो। दिन्छ (२) त्यो कानमा , शरीर तीर, जनवारको सिंग जस्तो , दारा जस्तो लगाउनेहरु , तन्त्र गर्नेहरुले गर्छ त्यस्तो ( ३) नझुकिनुहोला , मन्त्र गर्नीहरुले हैना। (४) बोको काट्नु भन्दा पहिला मन्छाये पछि , आफै गर्दन थापेर बस्छ :- मान्छे पनि त्यो बलि दिन लागेपछि , आफै मानने रे , कतै नभागने , केहि नबोली बस्छ रे।