लगातार १८ औं खेलमा पनि हारेन लिभरपुल, १३ अंकको फराकिलो अग्रता
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत ‘बक्सिङ डे’ खेलमा लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले लेस्टरमाथि ४–० गोल अन्तरको सहज जित हासिल गरेको हो ।
लिभरपुलको जितमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले उत्कृष्ट प्रदर्शन गरेका थिए । आर्नोल्डले यस खेलमा एक गोल गरेका थिए भने दुई गोल असिस्ट समेत गरेका थिए । त्यस्तै रोबेर्टो फिर्मिनोले दुई गोल गरे भने जेम्स मिल्नरले एक गोल गरेका थिए ।
यो जितसँगै लिभरपुल यस सिजनमा अहिलेसम्म अपराजित रहेको छ । लिभरपुलले अहिलेसम्म १८ खेलमा १७ जित र एक बराबरी खेल्दै ५२ अंक जोडेर लिगको शीर्ष स्थानमा कायम रहेको छ । लिभरपुलले दोस्रो स्थानमा रहेको लेस्टरभन्दा एक खेल कम खेल्दै १३ अंकको अग्रता हासिल गरेको छ ।
प्रतिक्रिया
Facebook Comment