कोरियाली प्रायद्विपमा ४ वटा अमेरिकी जासुसी विमान

डिसी नेपाल
११ पुष २०७६ ८:४९

काठमाडौं। उत्तर कोरियाले यही महिनाको सुरुमा अमेरिकालाई ‘क्रिसमस गिफ्ट’ दिने चेतावनी दिएपछि ४ अमेरिकी सर्भिलेन्स जहाजहरु बुधबार कोरियाली प्रायद्वीपमाथि उडेको दक्षिण कोरियाली मिडिया रिपोर्टहरुले उल्लेख गरेका छन् । यद्यपि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

उत्तर कोरियाका नेता किम जोंग उनले आफ्नो देशमाथि लगाइएको प्रतिबन्ध, आफ्नो आणविक कार्यक्रम र दुई देशबीच जारी तनावका विषयमा यो वर्षको अन्त्यसम्म कुनै प्रस्ताव ल्याउन अमेरिकालाई चेतावनी दिएलगत्तै उत्तरु कोरियाले सम्भावित ‘क्रिसमस गिफ्ट’को चेतावनी दिएको थियो ।

अमेरिकी बायुसेनाको एसिया प्रशान्त क्षेत्र हेर्ने एक जनरलले यो महिनाको सुरुवातमा सम्भवतः त्यो गिफ्ट लामो दूरीको ब्यालेटिक क्षेप्यास्त्रको परीक्षण हुन सक्ने बताएका थिए । उत्तर कोरियाले यस प्रकारका मिसाइल उत्पादन गर्ने कारखानालाई विस्तार गरेको हालै जारी गरिएका केही स्याटेलाइट फोटोहरुमा देखिएको अमेरिकी मिडिया एनबीसी न्यूजले लेखेको छ । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार त्यो गिफ्ट फूलदानीजस्तै राम्रो उपहार हुन सक्ने बताएका छन् । अहिलेसम्म त्यो उपहार आउन भने बाँकी नै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *