‘छक्का पञ्जा’मै फर्किए दीपक–दीपा

डिसी नेपाल
११ पुष २०७६ १२:४१

काठमाडौं। दीपकराज गिरी र दीपाश्री निरौलाको टिम ‘छक्का पञ्जा’मै फर्किएको छ।

‘छक्का पञ्जा ३’पछि यो टिमले यसवर्ष चलचित्र ‘छ माया छपक्कै’ लिएर आएको थियो। अब यो टिमले ‘छक्का पञ्जा’कै सिरिजलाई निरन्तरता दिने भएको हो।

आउँदो वर्षको दशैंको फूलपातिमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पञ्जा ४’को निर्माण घोषणा गरिएको छ। निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले अहिले चलचित्रको कथामा काम भैरहेको डिसी नेपाललाई जानकारी दिए। ‘अहिले कथामा काम गरिरहेको छु। ‘छक्का पञ्जा ३’ जहाँबाट सकियो त्यहीबाट ‘छक्का पञ्जा ४’को कथा सुरु हुनेछ’- दीपकराजले भने।

चलचित्रमा दीपकराजसँगै जितु नेपाल र केदार घिमिरे लगायतको प्रमुख भूमिका रहनेछ।

बैशाखबाट छायाँकनमा जाने तयारीमा रहेको चलचित्रको लागि अभिनेत्री भने फाइनल गरिएको छैन्। चलचित्रलाई दीपाश्री निरौलाले नै निर्देशन गर्नेछिन्।

दीपकराजले रिच इन्टरटेन्मेन्ट र जि.जि.ए ग्रुपलाई काठमाडौंभित्र र एफडी कम्पनीलाई मोफसलमा चलचित्र वितरण गर्ने अधिकार दिएका छन्। शुक्रबार वितरक कम्पनीसँग उनको कागजी सम्झौता समेत भईसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *