टुट्ने संघारमा थियो श्रीमतीसँग कुशलको सम्बन्ध, साथीले बताए आत्महत्याको वास्तविकता
मुम्बइ। ३७ वर्षका टेलिभिजन अभिनेता कुशल पंजाबीले आत्महत्या गरे । ३७ वर्षका ह्याण्डसम अभिनेताको आत्महत्याको खबरले धेरै आश्चर्यमा परे । कुशलले किन आत्महत्याजस्तो ठूलो कदम उठाए यो प्रश्न धेरैको दिमागमा छ । कुशलमा नजिकका साथी तथा अभिनेता चेतन हंसराजले कुशलको आत्महत्याको कारण खुलासा गरेका छन् ।
टाइम्स अफ इण्डियासँगको कुराकानीका चेतनले भने ‘हो यो आत्महत्या हो । कुशलको उनकी पत्नीसँग मनमुटाव थियो । दुवैको सम्बन्ध टुट्ने संघारमा थियो । कुशल बिरामी पनि थिए । मलाई अझै पनि विश्वास भइरहेको छैन कि कुशल हामीबीच छैनन् । केही दिन पहिले मेरो कुशलसँग कुरा भएको थियो । कुशलले आफू तनावमा भएको बताएका थिए । मैले कुशललाई धेरै सम्झाएको थिएँ कि यी सबै कुरा जिन्दगीमा भइरहन्छन् । ’उनी आफ्ना समस्यासँग लड्नुपर्छ । तर मलाई कहिल्यै लागेन कि उनी आत्महत्याजस्तो ठूलो कदम उठाउँछन् ।’
चेतन र कुशलको मित्रता २० वर्ष पुरानो हो । चेतनले अगाडि भने ‘कुशललाई एक योद्धालाई जस्तै गरी सम्झिइनेछ । उनी सकारात्मक र रमाइलो गर्न मन पराउने व्यक्ति थिए । उनी सँधै हाँसीखुसी रहन्थे । कुशल आफ्नो नजिक बस्ने मानिसहरुलाई फिटनेसको लागि प्रोत्साहित गर्थे ।’
Facebook Comment