श्रीमतीलाई आफ्नो सम्पत्तिबाट बञ्चित गरेर गए कुशल, सुसाइड नोटमा अरु के छ ?
मुम्बइ। टिभी अभिनेता कुशल पंजाबीले गएराती आत्महत्या गरे । ३७ वर्षका कुशलको शव उनको घरमा झुण्डिएको अवस्थामा भेटिएको थियो । कुशलको शव नजिकै उनको सुसाइड नोट पनि भेटिएको छ । सुसाइड नोटका अनुसार कुशलले आफ्नो सम्पत्तिबाट श्रीमतीलाई बञ्चित गरेर गएका छन् ।
कुशलले आफ्नो सम्पत्ति मातापिता, बहिनी र छोराको नाममा गरेर गएका छन् । डेढ पेज लामो अंग्रेजीमा लेखिएको सुसाइड नोटमा उनले लेखेका छन् ‘मेरो कूल सम्पत्तिको आधा सम्पत्ति मेरा मातापिता र बहिनीलाई बराबर बाँडियोस् । बाँकी आधा सम्पत्ति मेरो ३ वर्षको छोरा कियानलाई दिइयोस् ।’ कुशलमा साथी चेतन हंराजले कुशलको उनकी श्रीमतीसँगको सम्बन्ध टुट्ने संघारमा रहेको बताएका थिए ।
डिसीपी परमजित सिंहले आत्महत्या भएको पुष्टि गरेका छन् । उनले पुलिले आत्महत्या केस दर्ता गरेको बताएका छन् । कुशलले आफ्नो सुसाइड नोटमा आत्महत्याको लागि अरु कसैलाई दोष दिएका छैनन् । उनले आफ्नो मृत्युको कारण केवल आफू भएको बताएका छन् । कुशलले २०१५ मा युरोपियन गर्लफ्रेण्डसँग बिहे गरेका थिए । वैवाहिक सम्बन्धमा समस्या भएका कारण कुशलले आत्महत्या गरेको मानिएको छ । कुशलका ३ वर्षका छोरा छन् ।
Facebook Comment