सुस्ता पूर्वका दुई वडाको पूर्वाधारका लागि तीन करोड

डिसी नेपाल
११ पुष २०७६ १८:५३

पोखरा । गण्डकी प्रदेशमा रहेर पनि प्रदेशसँग सिधा यातायात सेवाको पहुँच नपुगेका सुस्ता पूर्वका विनय त्रिवेणी गाउँपालिकाका वडा नंं ६ र ७ मा प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि ३ करोड वजेट विनियोजन गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले ती वडालाई प्रदेशको विकाससँग जोड्नका लागि प्याकेजमा १० वटा योजनाअघि सारिएको बताए।

राष्ट्रिय निकुञ्जका कारण यातायात सेवाबाट ती वडा सिधैँ प्रदेशसँग जोडिन नसकेको वास्तविकतालाई आत्मसात गर्दै त्यहाँका जनतालाई प्रदेश सरकारको प्रत्याभूति गराउन विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।

मन्त्री बस्नेतका अनुसार योजनाअन्तर्गत शिवपुरगढी, साहुमारा हुँदै प्रसैया गाउँ नालासहितको सडक निर्माणका लागि ४५ लाख, वडा नंं ६ मा रहेको जङ्गलक्षेत्रबाट आउने जङ्गली जनावरको रोकथामका लागि जाली छेकवार योजनाका लागि ६० लाख, केउलानी क्याम्पाटाँडी नारायणी क्षेत्र नदीबाट लिप्mट सिँचाइ आयोजनाका लागि ३५ लाख वजेट विनियोन गरिएको छ ।

त्यसैगरी त्रिवेणी धाममा खानेपानी योजनाका लागि २० लाख, वनकट्टीमा पुल निर्माणका लागि २५ लाख, गुल्लर खोला, टिकाराम खोला र अम्चुरखोला नियन्त्रणका लागि ३० लाख वजेट विनियोजन गरिएको उनले जानकारी दिए । सो क्षेत्रका जनताको स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले १२ लाखको लागतमा एम्बुलेन्स खरिद गरी सञ्चालन गर्ने निर्णय बैठकले गरेको उनले बताए ।

बैठकले नेपाल भ्रमण वर्षलाई प्रभावकारी बनाउनका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत छनोटमा परेको ४४ नयाँ पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा व्यवस्थापनका लागि प्रत्येकलाई ४० लाखका दरले वजेट व्यवस्था गरेको छ । घरवास कार्यक्रमको क्षमता अभिवृद्धि, आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिने लक्ष्यका साथ होमस्टे व्यवस्थापन कार्यविधि निर्माण गरी वर्गीकरण गरिने निर्णय बैठकको छ ।

प्रदेशअन्तर्गतका होमस्टेलाई तिनीहरुको अवस्थाका आधारमा तीन वर्गमा वर्गीकरण गरिएको जानकारी गराउँदै मन्त्री बस्नेतले क्षमता अभिवृद्धि, पूर्वाधार विकास लगायतमा सरकारले सहयोग पु¥याउने बताए । दुई वर्षभित्रमा प्रदेशका जनतालाई आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको प्रदेश सरकारले चालू आर्थिक वर्षमै १० करोडलागतका १ सय ३० नयाँ योजना सञ्चालन गरिने पनि उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *