वाडाको प्रतिबन्धमा रुसको अपिल

डिसी नेपाल
११ पुष २०७६ २२:४३

एजेन्सी । रुसले सबै खेल प्रतियोगितामा चार वर्षको प्रतिबन्ध लगाउने निर्णयविरुद्व अपिल गरेको छ । डोपिङ परिक्षणमा असफल भएपछि विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले रुसलाई मुख्य खेल प्रतियोगितामा चार वर्षको प्रतिबन्ध लगाएको थियो ।

वाडाको प्रतिबन्धसँगै रुसले खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेशन फर स्पोर्ट्स (कास) मा अपिल गरेको हो । रुसी एन्टी डोपिङ एजेन्सीले शुक्रबार कासलाई पत्र पठाउदै प्रतिबन्धबारे अपिल गरेको बीबीसीले जनाएको छ ।

वाडाले चार वर्षको प्रतिबन्ध गरेसँगै रुसले २०२० को टोकियो ओलम्पिक, पाराओलम्पिक र सन् २०२२ मा विश्वकप फुटबल खेल्न पाउने छैन । तर, डोपिङबाट मुक्त रहेका खेलाडीले ओलम्पिकको झण्डा मुनी अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन पाउनेछन् ।

सन् २०१८ मा भएको शीतकालिन ओलम्पिकमा कुल १ सय ६८ रुसी एथ्लिटले स्वतन्त्र रुपमा प्रतिस्पर्धा गरेका थिए । सन् २०१५ मा रुसलाई एथ्लेटिक्समा एक स्वतन्त्र राष्ट्रको रुपमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाईएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *