जापानबासी संखुवासभालीद्वारा गाउंमा ब्लड बैंक खोल्न सहयोग

डिसी नेपाल
१२ पुष २०७६ ५:४३

डिसी नेपाल
जापान । संखुवासभाका विभिन्न गाउंबाट काम र अध्ययनका लागि जापान पुगेका नेपालीहरुले संखुवासभामा ब्लड बैंक खोल्न १ लाख १ हजार ५ सय जापानी येन सहयोग गरेका छन् । विरामी गाउंलेहरुलाई सदरमुकाम खांदबारीको अस्पतालमा पु¥याउंदा पनि रगतको अभावले कतिपयको मृत्यु हुने र कतिपयलाई लाखौं खर्चेर हेलिकोप्टर चार्टर गरी शहर लानुपर्ने वाध्यता हटाउन जापानबासी संखुवासभालीहरुले आर्थिक संकलन अभियान नै चलाएर ब्लड बैंकका लागि सहयोग जुटाएका हुन् ।
आवश्यक परेका बेला तुरुन्तै रगत उपलब्ध गराई विरामीलाई रगतकै अभावमा मृत्यु हुनबाट बचाउने सिर्जनशील सामुदायिक विकास केन्द्रको अगुवाइमा ब्लड बैक स्थापना गर्न लागी परेको जानकारी पाएपछि जापानबासी संखुवासभालीहरुले सहयोग रकम उठाएर गाउं पठाइसकेका छन् ।


बेलायत, अमेरिका अष्ट्रेलिया क्यानाडा हङकङ कोरियाको तुलनामा जापानमा हुने संखुवासभालीहरु ९५ प्रतिशतजति विद्यार्थी भीषामा जापानका विभिन्न शहरमा अध्ययनरत छन् । नियमित कलेज गई पढ्न पर्ने र तोकिएको पार्ट टाइम काम गरेर कलेज शुल्क र आप्mनो बसोवास खानपिन लगायत सम्पूर्ण खर्च व्यवस्थापन गर्न धेरै गाह्रो भएपनि गाउंको समस्यालाई सघाउन उनीहरुले उदार मन देखाएका हुन् । संखुवासभा समाज जापानका तर्फबाट अध्यक्ष पेमानुरी शेर्पा उर्फ डुकु थिम्मीले एक विज्ञप्ति जारी गर्दै कमल पाठक, खा“दाबारी नपा­११ बाट ११ हजार, ध्रुवकुमार थापा,खा“दबारी नपा­ १० चन्दनपुर सिरिसेबाट १० हजार, चुडामणि काप्mले,भद्रपुर ­४ झापाबाट १० हजार, स्वर्गीय बुवा—आमा नगेन्द्रप्रसाद दाहाल र चन्द्रकुमारी राईको स्मृतिमा नबीन दाहाल,पा“चखपन नपा­२ स्याबुनबाट १० हजार, याम बहादुर कार्की, धर्मदेवी नपा ­९ पुपांगुबाट १० हजार, स्व. बुबा कुइसाङ शेर्पा तथा स्व. आमाको स्मृतिमा पेमानुरी शेर्पा, पा“चखपन नपा­९ तेर्सेबाट १० हजार, कमलबहादुर मास्की मगर र श्रीमति मंगली मास्की मगर, धर्मदेवी नपा­ ३ कुन्ताङ (छोरी संगिता मास्की मगर मार्फत) बाट १० हजार, रिन्जी शेर्पा र श्रीमति टासीलमु शेर्पा ,चिला गापा­ १ कुवापानीबाट (छोरी किप्पा शेर्पा मार्फत) १० हजार, साङ्गे तेम्बा शेर्पा , मकालु गापा ­३ एकुवाबाट १० हजार, तेन्जिङ नुर्बु शेर्पा, मकालु गापा­५ नुर्बुगा“उबाट ३ हजार, सुशान्त भट्टराई,मादी नपा­६ मादी राम्बेनीबाट २ हजार, शर्मिला लामा, थाव्रmे गापा ­२ गुम्बा धादिङ्बाट २ हजार, विमल कार्की,ओखलढुङ्गाबाट १५ सय, सुवासप्रसाद लोहनी,विराटनगर मनपा ­५ विराटनगरबाट १ हजार, सिद्धराज कठायत, खप्तड छत्रा गापा­२ बझाङबाट १ हजार, हरि गेलाल, रुपाकोट मझुवागढी­ ७ खोटाङबाट १ हजार येन सहयोग गरेको उल्लेख गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *