केही बनौँ भन्ने होइन, केही गरौँ भनेर म रेडक्रसमा लागेको हुँ : नवनियुक्त महासचिव चापागाई

डिसी नेपाल
१२ पुष २०७६ ७:२८

काठमाडाैँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्टिय महासंघ International Federation of Red Cross and Red Crescent Societies (IFRC) का नवनियुक्त महासचिव जगन चापागाईले केही बनौँ भन्ने होइन, केही गरौँ भनेर आफुँ रेडक्रसमा लागेको बताएका छन् ।

शुक्रबार नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुलाई सम्बोधन गर्दै चापागाईले भने “ हरेक देशका रेडक्रस वा रेडक्रिसेन्ट सोसाइटीलाई सबल बनाउने मेरो अभियान हो र म त्यो पूरा गरेरै छाड्छु ।” चापागाई नीजि भ्रमणका सिलसिलामा यसै साता नेपाल आएका हुन् ।

नवनियुक्त महासचिव जगन चापागाईँलाई नेपाल रेडक्रस सोसाइटीको परिसरमा सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरत्न धाख्वा लगायत केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुले स्वागत् गरेका थिए ।

अध्यक्ष थापाले चापागाईलाई बधाई दिँदै कानुनी आधार सुदृढीकरण, स्रोत परिचालन र नेरेसोलाई अझ गतिशिल बनाउने क्षेत्रमा अन्तर्राष्टिय महासंघको सहयोग रहने अपेक्षा गरे ।

कार्यक्रममा नेपाल रेडक्रसको प्रदेश समितिका अध्यक्षहरुका साथै जापान, बेलायत लगायतका राष्टिय सोसाइटीका प्रतिनिधिहरु र अन्तर्राष्टिय महासंघको नेपाल स्थित कार्यालय प्रमुख र डेलिगेटहरुको उपस्थिति रहेको थियो।

त्यस्तै महासचिव चापागाईँले अब पहिलो प्राथमिकता जलबायु परिवर्तन सम्बन्धी प्रकोपबाट मानिसहरुलाई बँचाउने र स्वास्थ्य पाण्डामिक समस्याहरुबाट छुटकारा दिलाउने भएको बताए । त्यसका लागि विभिन्न संस्थाहरुसँग मिलेर न्यूनीकरण गतिविधि र उत्थानशीलतामा जोड दिनुपर्ने छ।

आर्थिक, शिक्षा, स्वास्थ्य, प्रविधिको क्षेत्रमा संसारमा उच्च प्रगति भएपनि केही मानिसहरु अझै बञ्चित भईरहेका छन्, त्यसैले, खास जनसंख्या अझै पनि विकासको घेरामा पर्न नसकेकोले समावेशी कार्यक्रमको ठूलो महत्व रहेको चापागाईले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *