काठमाडौँमा आज यो वर्षकै जाडो, तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस

डिसी नेपाल
१२ पुष २०७६ ९:१२

काठमाडौँ । आज काठमाडौँको तापक्रम यो वर्षकै न्युन बिन्दूमा झरेको छ ।

आज शनिबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

गत बिहीबार काठमाडौँको तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस रहेको थियो ।

सामान्यतया पुस महिना मध्य चिसोको समय रहेकाले यो महिना तापक्रम घटेर देशभरी नै चिसो हुने मौसमविद्ले बताएका छन् ।

अहिले तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा नै रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *