वैदेशिक राेजगार पत्रकार समाजको नयाँ कार्य समिति, अध्यक्षमा हरिबहादुर थापा

डिसी नेपाल
१२ पुष २०७६ २०:१२

काठमाडौं । वैदेशिक रोजगारमा कलम चलाउने पत्रकारहरुको समूह वैदेशिक रोजगार पत्रकार समाजले हरिबहादुर थापाको अधयक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । शनिबार बसेको कार्य समितिको बैठकले थापाको अध्यक्षतामा ११ सदसिय नयाँ कार्य समिति गठन गरेको हो । अध्यक्ष थापा मिडिया मिसनमा कार्यरत छन् ।

नयाँ कार्य समितिको उपाध्यक्षमा रोजगार मिडियाका उद्धवराज भट्टराई, तथा रेडियो कान्तिपुरमा कार्यरत इन्द्रलक्ष्मी घिमिरे छन् भने महासचिवकाे जिम्मेवारी मध्यान्ह दैनिकमा कार्यरत रेशमराज पौडेललाई  दिइएको छ ।

यसैगरीसचिवमा सामुदायिक सूचना नेटवर्क (सिएनआइ)का केशब भुल, र कोषाध्यक्षमा नेपाल लाइभकी निर्मला घिमिरेलाई चयन गरिएको छ ।

कार्यसमिति सदस्यहरुमा  रिना श्रेष्ठ जनसवाल राष्ट्रिय दैनिक, अरिश्मा मोक्तान नयाँ पत्रिका अनलाईन, विनेश खनाल डिसीनेपाल डटकम, कल्पना भट्टराई नेपाल साप्ताहिक, सुनिता पुडासैनी विकास न्युजबाट चयन भएका छन् ।

बैठकले सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा जनसवाल राष्ट्रिय दैनिकका रामजी बगाले मध्यान्ह दैनिकका मदन कुमार श्रेष्ठ, नागरिक राष्ट्रिय दैनिकका रुद्र खड्का रहेका छन् । त्यस्तै राजधानी दैनिकका मधुजंग पाण्डे र नयाँ पत्रिका दैनिकका मुना कुँवरलाई पनि सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

समाज विगत दश वर्षदेखी समाजले बैदेशिक रोजगारको क्षेत्रमा उल्लेखनिय भूमिका खेल्दै अगाडी बढिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *