पुनःनिर्माणको चार वर्ष : ४२ प्रतिशत आवास निर्माण सम्पन्न

डिसी नेपाल
१२ पुष २०७६ २०:४७

दमौली । गोरखा भूकम्पपछि गठित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापनाको चार वर्ष पूरा हुँदा तनहुँ जिल्लामा ४२ प्रतिशत निजी आवास निर्माण सकिएको छ । तनहुँमा पूर्णतर्फ १३ हजार ९ सय ४६ र आंशिकतर्फ १ हजार १ सय ८५ गरी कूल १५ हजार १ सय ३१ लाभग्राही रहेकामा पुस ११ गतेसम्म ६ हजार ४ सय ६९ निजी आवास पुनःनिर्माण सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले जनाएको छ ।

व्यास नगरपालिकामा २ हजार ३ सय ७४ लाभग्राही रहेकामा १ हजार ५३, भानु नगरपालिकामा ४ हजार ५ सय ९९ लाभग्राही रहेकामा २ हजार १ सय ९१, बन्दीपुर गाउँपालिकामा १ हजार ६४ लाभग्राही रहेकामा ४ सय ८६, आँबुखैरेनी गाउँपालिकामा ८ सय ९२ लाभग्राही रहेकामा ४ सय ५५, देवघाट गाउँपालिकामा ६ सय ४८ लाभग्राही रहेकामा २ सय २६, घिरिङ गाउँपालिकामा ३ सय ६ लाभग्राही रहेकामा १ सय २२ निजी आवास निर्माण सकिएको एकाइ प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।

भिमाद नगरपालिकामा १ हजार २ सय ९६ लाभग्राही रहेकामा ३ सय ६२, म्याग्दे गाउँपालिकामा १ हजार ३ सय ९५ लाभग्राही रहेकामा ६ सय ७, शुक्लागण्डकी नगरपालिकामा १ हजार ९ सय ३९ लाभग्राही रहेकामा ७ सय ३७ र ऋषिङ गाउँपालिकामा ६ सय १८ लाभग्राही रहेकामा २ सय ३० निजी आवास निर्माण सम्पन्न भएको छ ।

कूल लाभग्राहीमध्ये पूर्ण घर क्षति भएका १२ हजार ९ सय ८७ र आंशिक घर क्षति भएका ६ सय २५ गरी १३ हजार ६ सय १२ लाभग्राहीले पहिलो किस्ताबापतको रकम बुझेको एकाइ कार्यालयले जनाएको छ । त्यस्तै आठ हजार २ सय ८ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम बुझेका छन् ।

“तेस्रो किस्ताबापतको रकम बुझ्नेको सङ्ख्या ६ हजार ४ सय ६९ रहेको छ”, एकाइ प्रमुख गुप्ताले भने, “घर निर्माण सम्पन्न गरेकाले तेस्रो किस्ताबापतको रकम बुझेका हुन्”, गुप्ताका अनुसार जिल्लामा पुनःनिर्माणको काम सन्तोषजनक रहेको पाइएको छ ।

पहिलो किस्ता बुझ्नेमा व्यास नगरपालिकामा २ हजार १ सय ७६, भानु नगरपालिकामा ४ हजार २ सय १३, बन्दीपुर गाउँपालिकामा १ हजार २५, आँबुखैरेनी गाउँपालिकामा ७ सय ९१, देवघाट गाउँपालिकामा ५ सय ५६, घिरिङ गाउँपालिकामा २ सय ३५, भिमाद नगरपालिकामा १ हजार १ सय २४, म्याग्दे गाउँपालिकामा १ हजार २ सय ७३, शुक्लागण्डकी नगरपालिकामा १ हजार ७ सय २६ र ऋषिङ गाउँपालिकामा ४ सय ९३ लाभग्राही छन् ।

दोस्रो किस्ता बुझ्नेमा व्यास नगरपालिकामा १ हजार २ सय २४, भानु नगरपालिकामा २ हजार ६ सइ ५८, बन्दीपुर गाउँपालिकामा ६व् सइ ७९, आँबुखैरेनी गाउँपालिकामा ४ सइ ९५, देवघाट गाउँपालिकामा ३ सइ ५०, घिरिङ गाउँपालिकामा १ सइ ४६, भिमाद नगरपालिकामा ५ सइ ८२, म्याग्दे गाउँपालिकामा ७ सइ ९, शुक्लागण्डकी नगरपालिकामा १ हजार ७२ र ऋषिङ गाउँपालिकामा २ सइ ९३ लाभग्राही छन् ।

जिल्लाका ८ हजार ३ सइ २४ घरधुरीको छुट तथा पुनःजाँच सर्वेक्षण गरिएकामा ८ सय ४४ लाभग्राही थपिएका छन् । भूकम्पपीडितको लाभग्राहीमा नपरेका सर्वसाधारणको गुनासोका आधारमा जिल्लामा गत वैशाख १९ गतेदेखि छुट तथा पुनःजाँच सर्वेक्षण गरिएको थियो ।

यसैगरी एकाइमार्फत् नै जिल्लामा चार सरकारी कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । एक करोड ५९ लाख ४० हजार ८ सय ९७ को लागतमा घरेलु तथा साना उद्योग विकास समिति, दुई करोड ६५ लाख चार हजार ४ सय ११ को लागतमा डिभिजन वन कार्यालय, दुई करोड १४ लाख ९० हजार ३७ को लागतमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र तीन करोड ३६ लाख ७० हजार ७ सय ७५ को लागतमा महिला बन्दीगृह भवनको निर्माण सकिएको छ ।

म्याग्दे गाउँपालिका–७ जिलाङका खिमकुमारी ठकुरीले भूकम्पले क्षतिग्रस्त बनाएको घर पुनःनिर्माणपश्चात् तेस्रो किस्ताबापतको रकम बुझेको जानकारी दिइन् । सरकारले दिएको अनुदानले घर निर्माण सम्पन्न हुन नसक्ने भए पनि घर निर्माणका लागि सहयोग पुगेको ठकुरीले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *