पाल्पाको दर्लममा पर्यटन महोत्सव सम्पन्न

डिसी नेपाल
१२ पुष २०७६ २१:२६

पाल्पा । पाल्पाको दर्लममा प्रथम पर्यटन महोत्सव सम्पन्न भएको छ। उक्त महोत्सवको मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले बगनासकाली गाउँपालिकामा भएको प्रथम दर्लम पर्यटन तथा सांस्कृतिक महोत्सवको उद्घाटन गरेका थिए ।

सो अवसरमा उनले आफ्नो कार्यकालमा माडीमा चक्रपथ निर्माणका लागि सक्दो पहल गरिएको जानकारी दिए । उनले पाल्पा कृषि, तथा पर्यटनका हिसाबले अगाडि रहेको उल्लेख गर्दै जिल्लामा पर्यटकको सङ्ख्या वृद्धि गर्न योजनाबद्ध तरिकाले लाग्नुपर्ने तथा यहाँका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक वस्तुको संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड दिए ।

विशेषगरी पाल्पामा जन्मथलो भएर विभिन्न विशिष्ट स्थानमा पुगेका व्यक्ति तथा जिल्ला बाहिर रहेका पाल्पालीलाई एक ठाउँमा जम्मा गर्ने उद्देश्यले गाउँपालिका र भैरव ग्रुप पूजा प्लाष्ट्रिक इन्डष्ट्रीको प्रायोजनमा भएको महोत्सवमा चलचित्र नायक राजेश हमाल, गायक दुर्गा रायमाझीलगायत थुप्रै कलाकार तथा राजनीतिकर्मी, जनप्रतिनिधि एवं सरकारी ओहदाका विशिष्ट व्यक्तिको सहभागिता थियो ।

सो अवसरमा पाल्पामा प्रचलित भजन, चुड्कालगायत लोकसंस्कृति प्रदर्शन गरिएको थियो । महोत्सवले पाल्पाको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुगेको महोत्सव संयोजक नवीन पौडेलले विश्वास व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *