२१ औं पोखरा सडक महोत्सव सुरु
पोखरा । सडकमै खाऔँ, सडकमै नाँचौँ, सडकमै रमाऔ मूलनाराका साथ पोखराको फेवाताल किनारमा शनिबारदेखि २१ औ संस्करणको सडक पोखरा सडक महोत्सव सुरु भएको छ ।
महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरे ।
पोखरा र यस क्षेत्रको कला, सँस्कृति, भेषभूषा जगेर्ना गर्दै आन्तरिक एवम् बाह्य पर्यटक प्रबद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले आयोजना गरिएको सो महोत्सव पाँच दिनसम्म चल्नेछ ।
अँग्रेजी नयाँ वर्ष २०२० अवसरमा आयोजित महोत्सव अवधिभर लेकसाइड क्षेत्रका १५० बढी रेष्टुरेण्ट तथा बारहरु सडकमै उतारेर सडकबाट सेवा दिनेछन्।
नेपाल भ्रर्मण वर्ष २०२० लाई लक्षित महोत्सवमा पर्यटकीय गतिविधि सञ्चालन गरिने महोतसवका सहसंयोजक नरेश भट्टराईले जानकारी दिए ।
लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा चार ठाउँमा स्टेज बनाए सास्कृतिक कार्यक्रम प्रर्दशनी गरीको छ । रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले पोखरा सहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न महोत्सव सहयोगी हुने बताए ।
महोत्सवमा जनजातिहरुको साँस्कृतिक कार्यक्रमहरु, विभिन्न जिल्लाहरुका कला, सँस्कृति, भेषभूषा र हस्तकलाका सामग्रीहरुको प्रदर्शन, मनोरञ्जनात्मक खेलकुद, लोकदोहोरी गीत प्रतियोगिता, ख्यातिप्राप्त पप ब्याण्डहरुको प्रस्तुति, बालउद्यान, विभिन्न पिङ, जादुगरलगायत महोत्सवका आकर्षण रहेका छन् ।
महोत्सवमा गुरुङ छयाँडू, नाँच, तामाङ, सेलु, मगर, कौडानाच, जनकपुरको मैथली नाच, राई लिम्बु जातिको धान नाच, आमा समूह्बाट भजन कीर्तन तथा तीजगीत, चितवनको थारु नाच, स्टिक नाच, ढिकी जाँतो, गुन्द्री बुन्ने तथा नेपाली हस्तकलाको प्रदर्शनीलगायतका प्रस्तुति रहेका छन् ।
महोत्सव अवधिभर फेवाताल किनार लेकसाइड क्षेत्रको तीन किलोमिटर क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।
Facebook Comment