वैद्य समूहका नेता सिपी गजुरेलसहित १२ जना प्रहरी नियन्त्रणमा

डिसी नेपाल
१३ पुष २०७६ १५:३७

काठमाडौं। भारतले जारी गरेको विवादति नक्सामा नेपाली भूमिसमेत समेटेको विरोधमा प्रदर्शन गरेको नेकपा क्रान्तिकारी माओवादीका नेताहरुलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापन पत्र बुझाउन गएका सो पार्टीका नेता सिपी गजुरेलसहित १२ जनालाई प्रहरीले हनुमानथबाट नियन्त्रणमा लिएको हो।

प्रहरी बृत्त सिंहदरबारका डीएसपी कौशलकुमार बुढाथोकीले गजुरेलसहित १२ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनले भने, ‘गजुरेलसहित १२जनालाई नियन्त्रणमा लिएका छौं। उहाँहरुलाई पुलिस क्लबमा राखिएको छ।’

प्रहरीले सो पार्टीका कार्यकर्तामाथि लाठी चार्जसमेत गरेको थियो। उता नियन्त्रणमा परेका नेताहरुले प्रहरी दमन मुर्दावाद जस्ता नारा लगाएका थिए। हालै भारतले जारी गरेको नक्सामा नेपाली भूमि लिम्पुयाधरा, कालापानी र लिपुलेकसमेत समेटिएपछि नेपालमा त्यसको विरोध भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *