सबै स्थानीय तहको लेखा प्रणाली ह्याक प्रकरणः के भन्छ महालेखा नियन्त्रकको कार्यालय?

डिसी नेपाल
१३ पुष २०७६ १६:२५

काठमाडौं। महालेखा नियन्त्रकको कार्यालयको नियन्त्रणमा रहेका स्थानीय तहको लेखाप्रणालीका सबै तथ्याङ्कहरु रिकभर भएको छ।

महालेखा नियन्त्रकको कार्यालयले ७ सय ५३ वटै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सफ्टवेर ‘स्थानीय कोष व्यवस्थापन प्रणाली’ (सूत्र) ह्याक भएकोमा अहिले सबै तथ्याङ्कहरु रिकभर गर्न सफल भएको जनाएको छ।

सह–महालेखा नियन्त्रक रमेश प्रसाद शिवाकोटीले पुष ४ गते उक्त सफ्टवेर ह्याक भएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए।

उनले मंसिर ११ गतेदेखि पुष ४ गतेसम्मको सबै तथ्याङ्कहरु नष्ट भएकोमा गत शुक्रबार रिकभर गर्न सफल भएको बताए। उनले स्थानीय तहको ३९ हजार भौचर नष्ट भएकोमा १७ हजार भौचर पुनः प्रवृष्टि गरिएको बताउँदै अहिले सबै तथ्याङ्क रिकभर भएपछि सोमबारदेखि सबै स्थानीय तहको हराएको भौचर सिस्टममा देखाउने बताए।

उनले सफ्टवेर ह्याक भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरिसकेको र कसले कहाँबाट ह्याक ग¥यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको समेत जानकारी दिए।

२०७६ वैशाख २३ गतेको मन्त्रीपरिषद् बैठकको निर्णयपछि सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा)ले २०७५÷०७६ बाट स्थानीय तहको बजेट, राजश्व र लेखाङ्कनको व्यवस्थापन गर्ने सफ्टवेर ‘सुत्र’ कार्यान्वयनमा ल्याएको थियो। ‘सुत्र’ ह्याक भई तथ्यांक हराउँदा अधिकांश स्थानीय तहको लेखासम्बन्धी काम प्रभावित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *