शेयर बजार : नेप्से परिसूचक पाँच अंकले ओरालो यात्रामा

डिसी नेपाल
१३ पुष २०७६ १६:५६

काठमाडौं । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९९ विन्दुले ओरालो लागेर एक हजार १६२.४३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९८ विन्दुले घटेर २५३.३९ मा पुगेको छ । नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत घटेको छ ।

कूल १ सय ८१ कम्पनीको १५ लाख ५४ हजार ८ सय ९० कित्ता शेयर ४२ करोड २४ लाख ५३ हजार ९ सय ९ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ । त्यसमा व्यापार ४७.८८, वित्त १.९७, अन्य १.४९ र जीवन बीमा ८०.७२ ले बढेको छ ।

यस्तै, बैंकिङ ८.६५, होटल १५.६३, विकास बैंक ६.४८, जलविद्युत् ५.९१, निर्जीवन बीमा १०.४८, उत्पादन ११.०९, लघुवित्त ८.८२ र सामूहिक लगानी कोष ०.१८ विन्दुले घटेको छ । कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४ करोड ८४ लाख पाँच हजार ९ सय ५८ बराबरको कारोवार भयो । यस्तै, नेपाल इन्भेस्ट बैंकको संस्थापक शेयर ३ करोड ६६ लाख ६१ हजार ८ सय ६४, प्राइम बैंक २ करोड एक लाख ३६ हजार ६ सय ८, नेपाल बैंक लिमिटेड १ करोड ८६ लाख २५ हजार ३ सय १ र शिवम् सिमेन्ट १ करोड ३८ लाख एक हजार १ सय १३ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार साल्ट टे«डिङ कर्पोरेशनका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । माउण्टेन हाइड्रो ७.१४, नेपाल फाइनान्स ६.०६, कञ्चन डेभलपमेन्ट बैंक ४.८२, सिर्जना फाइनान्स ३.७६ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.६४ प्रतिशतले कमाए । यस्तै प्रोगेसिभ फाइनान्स ६.६६, कृषि विकास बैंक ५.९४, युनाइटेड मोदी ४.६७, ओरियण्टल होटल ३.७० र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.४९ प्रतिशतले गुमाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *