पोखरा विश्वविद्यालयको स्नातक तहको परीक्षाफल

डिसी नेपाल
१४ पुष २०७६ ६:३३

काठमाडौँ । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक तहको सातौँ र आठौँ सेमेष्टरको नियमित तथा पुनः परीक्षाका सबै कार्यक्रमका परीक्षाफल प्रकाशन गरेको छ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. भरतराम ढुङ्गानाका अनुसार बीबीए, बीबीए–बीआई, बीबीए–टिटी, बीएचएम, बीएचसीएम, र बीसीआइएस कार्यक्रमका परीक्षामा ७८.५३ प्रतिशत र बीसीए कार्यक्रममा ७७.४४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *