निर्ममताको उत्कर्षः एउटै किशोरीलाई ४ पटक बेचियो, ८ वर्षसम्म लगातार बलात्कार

डिसी नेपाल
१४ पुष २०७६ ८:५८

काठमाडौं। मानव तस्करीको एउटा यस्तो गिरोहको पर्दाफाश भएको छ जसको कर्तुत सुन्दा पनि आङ जिरिङ्ग हुन्छ । महाराष्ट्रबाट तस्करी गरेर ल्याइएकी एक गरिब किशोरीलाई ४ पटक फरक–फरक तस्करहरुलाई बेचियो । यतिमात्र होइन उनीहरुले किशोरीलाई कैयौं पटक सामूहिक बलात्कार गरे । किशोरीलाई पाँचौं पटक बेच्ने तयारी भइरहेका बेला एक गैर सरकारी संस्थाको सक्रियतामा उद्धार गरिएको छ । आज तकको समाचार अनुसार किशोरीलाई हरियाणाबाट उद्धार गरिएको हो ।

जानकारीका अनुसार ती नाबालिगलाई महाराष्ट्रबाट अपहरण गरेर विगत ८ वर्षमा ४ पटक बेचियो । यो अवधिमा दर्जनौं मानिसहरुले उनलाई बलात्कार र सामूहिक बलात्कार गरे । बलात्कारका कारण गर्भवती भएपछि पनि उनीहरुले बलात्कार गरिरहे । पीडितले एक छोरा र एक छोरीलाई जन्म दिइसकेकी छिन् । त्यसपछि पनि उनलाई फेरि बेच्ने तयारी भइरहेको थियो ।

यो घटना त्यतिबेला खुलासा भयो जब हरियाणाको यमुनानगरमा एक घरमालिकले आफ्नो घरमा भाडामा बस्ने एक महिलाले युवतीको किनबेचको कुरा गरेको सुने । जुन महिलालाई उनले यी कुरा गरिरहेको सुनेका थिए ती महिला पहिले पनि मानव तस्करीमा संलग्न थिइन् र उनको नाम सुनिता शूटर हो । उनी यस्तै अपराधमा पहिले पनि जेल गइसकेकी थिइन् ।

घरमालिकले युवतीलाई बेच्ने कुरा सुनेपछि उनले तत्कालै आइएमए ब्लड डोनर नामक एक स्थानीय गैर रकारी संस्थालाई यसको जानकारी दिए । एनजीओकर्मीहरु त्यहाँ पुलिसको साथमा पुगे र ती युवतीको उद्धार गरे । एनजीओकर्मीसँग काउन्सिलिङको क्रममा ती युवतीले विगत आठ वर्षमा आफूमाथि भएको निर्मम अत्याचारको वृत्तान्त सुनाइन् ।

पीडितका अनुसार मानव तस्करी गर्ने गिरोहले उनलाई हरियाणामा बेचेका थिए । त्यसपछि उनलाई हरियाणाको फतेहाबादबाट यमुनानगर ल्याइयो र सुनिता शूटरलाई बेचियो। सुनिता शूटरले उनलाई घरमालिकसँग भेटाउँदा आफन्त भएको बताएकी थिइन् । पीडितका अनुसार उनलाई ८ वर्ष पहिले महाराष्ट्रको चन्द्रपुरबाट अपहरण गरिएको थियो । त्यतिबेला उनी केवल १३ वर्षकी थिइन् । उनलाई बेच्ने डील स्थानीय मन्दिरमा भएको थियो । पीडितका अनुसार उनलाई जाह्नवी नामकी एक महिलाले अपहरण गरेकी थिइन् र उनलाई सुनिता सुटरलाई १ लाख रुपैयाँमा बेचेकी थिइन् ।

पीडितका अनुसार सुनिताले उनलाई हरियाणको करनालका एक व्यक्तिलाई १ लाखमा फेरि बेचिन् । बेचेपछि ४ जनाले उनलाई पटक पटक सामूहिक बलात्कार गरे । त्यपछि त्यही मूल्यमा उनलाई हरियाणाकै अर्का व्यक्तिलाई बेचियो । उनले २० दिनसम्म बलात्कार गरे । त्यपछि सुनिता शूटरले उनलाई २० हजार रुपैयाँ लिएर नारायणगढको गढी गाउँ पठाइन् । त्यहाँ केही व्यक्तिहरुले उनलाई ७ दिनसम्म बलात्कार गरे । उनलाई पछिल्लो पटक ७ वर्ष पहिले डेढ लाख रुपैयाँमा धर्मवीर नामका व्यक्तिलाई बेचिएको थियो ।

त्यसपछि सुनिताले पीडितलाई फेरि बेच्न पाइनन् किनकि सुनितालाई यस्तै किसिमको अपराधको लागि ७ वर्षको जेल सजाय भयो । पीडितका अनुसार उनलाई धर्मवीरले निकै प्रताडित गरे । उनकी आमा कमला देवीको निर्देशनमा उनका भाइहरु कृष्ण र राकेश कुमारले पटक पटक बलात्कार गरे । यतिमात्र होइन धरमवीरका साथीहरू जय सिंह र सुनिलले पनि बलात्कार गरे ।

यमुनानगर पुलिस थानामा दर्ता गरिएको एफआइआरमा यो पनि उल्लेख छ कि धरमवीरका भाइ कृष्णले गर्भवती भएपछि पनि उनलाई बलात्कार गरे । पीडितले भुइँ सफा गर्ने रासायनिक पदार्थ पिएर आत्महत्याको कोसिस समेत गरेकी थिइन् तर उनी बचिन् र एक छोरी र एक छोरालाई जन्म दिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *