भारतमा अत्यधिक चिसोका कारण २ दिनमै ९२ जनाको मृत्यु

डिसी नेपाल
१४ पुष २०७६ १३:०७

काठमाडौँ । भारतमा अत्यधिक चिसोका कारण दुई दिनमै ९० जना भन्दा बढीको ज्यान गएको छ ।

अत्यधिक चिसोको कारण भारतका तीन राज्य उत्तर प्रदेश, बिहार र झारखण्डमा गरी कम्तिमा ९२ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

२२ वर्षपछि अत्यधिक चिसो मापन गरिएको भारतको उत्तर प्रदेशमा ५०, बिहारमा ३६ र झारखण्डमा ६ जनाको ज्यान गएको हो ।

आज सोमबार पनि भारतका अधिकांश ठाउँमा न्यूनतम तापक्रम फ्रिजिङ पोइन्टभन्दा तल पुगेको छ भने भारतीय मौसम विभागले ६ राज्यमा रेड अलर्ट नै जारी गरिएको छ ।

भारतका पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान, उत्तर प्रदेश र बिहारमा रेड अलर्ट जारी गरेको हो। भारतमा सन् १९९७ पछिको यो सबैभन्दा चिसो हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *