कुशल पंजाबीको शोकसभामा अनुहार लुकाउँदै उनकी श्रीमती पुगेपछि…

डिसी नेपाल
१४ पुष २०७६ १४:३५

मुम्बइ। टिभी अभिनेता कुशल पंजाबीको आत्माको शान्तिको लागि आइतबार मुम्बइमा एा शोक सभा राखिएको थियो । यो शोकसभामा कुशलकीपत्नी अड्रे डोले पनि पुगिन् । उनले मिडियाको अगाडि आफ्नो अनुहार लुकाएकी थिइन् । त्यतिबेला कुशल–अड्रेका ३ वर्षक छोरा कियान भने देखिएनन् ।

शोक सभामा टेलिभिजनका सेलिब्रेटीहरु पुगेर कुशलको आत्माको शान्तिको लागि प्रार्थना गरे । कविता कौशिक, करणवीर वोहरा, आमिर अली, चेतन हंसराज, अपूर्व अग्नीहोत्री, शिल्पा सकलानी लगायत शोकसभामा पुगेका थिए । टिभी अभिनेता कुशल पंजाबीले बिहीबार ३७ वर्षको उमेरमा आत्महत्या गरेका थिए ।

कुशलका साथी चेतन हंसराजका अनुसार कुशल आफ्नो वैवाहिक जीवनबाट समस्यामा थिए । उनकी पत्नी अड्रे विगत केही समयदेखि छुट्टै बस्दै आइरहेकी थिइन् । उनी चीनको संघाइ गएकी थिइन् र ३ वर्षका छोरा पनि उनीसँगै थिए । यसका साथै कुशल डिप्रेसनबाट पनि पीडित थिए जसका कारण उनले आत्महत्याको बाटो रोजे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *