२९ बर्ष पछि शनि ग्रह आफ्नो राशिमा आउँदै, तपाईको राशिमा कस्तो प्रभाव पर्ला ?
काठमाडौं । हामी मानिस दुईवटा ठूला शक्तिको बिचमा छौं । पहिला ब्रह्माण्डिय शक्ति जसमा ग्रह राशि तथा नक्षत्रहरुको प्रभाव नित्यरुपमा परिरहेको हुन्छ । अर्को, जमिन बाट आउने भू–चुम्बकीय तरङ्ग । यी दुईवटा शक्तिको बिचमा रहेर हामीले दैनिक संङ्घर्ष गरिरहेका हुन्छौं । कसैले थोरै मेहनतमा राम्रो फल प्राप्त गर्छन् । तर, कसैले कडा परिश्रम गर्दा पनि सोचेअनुसार भईरहेको हुँदैन । यदि कर्म मात्रै गरेर सफल हुने हो भने काम गरेका जति सबै जना सुखी तथा आनन्द तरिकाले जीवन विताउनु पर्थो । तर, त्यसो हुदैन ।
मानिसले सुख र दुःख उसको कर्म बाट प्राप्त गर्छ । मानिसले गरिरहेको कर्मको फल समय अनुसार भोग्दै जानु पर्छ । शास्त्रमा शनिलाई कर्मफलदाता पनि भनिन्छ । शनिका बारेमा लेखिएका थुप्रै ग्रन्थहरु पनि छन् । जसमा शनिलाई न्याधीशका रुपमा व्याख्या गरिएको छ । कर्मफलदाता शनिको रुप कालो छ न्याधीशको उपाधीका कारणले कहिले पनि शनिले मानिसलाई धोखा दिदैन त्यही भएर पनि हरेक न्यालयमा कालो कोट र तराजु राखिएको हो ।
शनिले राम्रो तथा नराम्रो कामको परिणम तुरुन्तै दिने हुनाले मानिसले शनिको बारेमा धेरै चासो राख्ने गरेको पाइन्छ । नवग्रहहरुमा हरेक ग्रहले के फल दिने भन्ने कुरा निर्धारित हुनाले शनिले न्याय सम्बन्धि जिम्मा पाएको हो । हरेक मानिसले कति दुःख कष्ट भोग्नु पर्छ भन्ने शनिको दशाबाट निर्धारण हुन्छ ।
नवग्रहमध्ये सबैभन्दा ढिला हिड्ने ग्रहका रुपमा शनिलाई लिने गरिएको छ । शनि एउटा राशि बाट पुनः तेहि राशिमा घुमेर आउन करिब २९ वर्ष समय लगाउँदछ । सन् २०२० मा करिब २९ बर्ष पछि शनि पुन आफ्नो घर यानि मकर राशिमा आउँदै छ । शनिग्रहलाई दुईवटा घर प्राप्त भएको छ जुन मकर र कुम्भ राशि हो ।
यहि २०७६ साल फागुन ४ तेस्तै फेबु्रअरि १६ तारिख सन् २०२० मा शनिको राशि परिवर्तन हुँदा यसले समग्र क्षेत्रमा प्रभाव पार्दछ । लामो समय पछि आफ्नो राशिमा प्रवेश गर्ने शनिले नीति र नियमलाई बलियो बनाउने छ । देशमा पनि कानूनका लागि लडाइँ र बहस हुनेछन् । गुरु बृहस्पति भन्दा अगाडी रहनाले पनि केही परिवर्तनको संकेत न्याय क्षेत्रमा देखिएको हो । २९ बर्ष पहिले पनि शनिले यहि राशिमा गोचर गर्दा परिवर्तन भएको थियो । अहिले पनि सोही कुरा दोहो¥याउने संकेत देखिएको छ ।
फागुन ४ पछि शनिको आफ्नो राशिमा परिवर्तन हुँदा करिब अढाई बर्ष देखि चलिरहेको बृष र कन्या राशिलाई शनिको अढैया दशा समाप्त हुनेछ । लामो समयदेखि रोकिएका काम कारोबार सुचारु हुनेछन् । मुद्दा मामिलाका समपूर्ण कुराहरु सोचे अनुसार नै सफल हुने संकेत देखिएको छ । यसै समयमा स्थान परिवर्तनको सम्भावना हुने हुदा राशि अनुसार कता जाँदा ठिक हुन्छ सल्लाह लिएर निर्णय गरेमा फलदायी हुनेछ । शनिले विदेशि कारोबार गर्ने मानिसलाई बिशेष लाभ दिलाउने छ । लामो समय विदेशमा बसेकाहरुलाई भने स्वदेशी मोहले देश फिर्ती गराउने छ ।
करिब ७ बर्ष ६ महिना सम्म शनिको साढेसाति दशा भोगेका बृश्चिक राशि हुनेहरुलाई पूर्णरुपमा छोड्ने छ । साढेसातिले छोडेपछि सम्पूर्ण कारोबारहरु सुचारु हुने छ । तेस्तै शनिको अढैया दशाले मिथुन र तुला राशि हुनेहरुका लागि फागुन ४ बाट दशा सुरुहुने हुँदा साबधानि अवनाउनु पर्ने छ । लेन देन वैनाबाट ग्रह निर्माण कार्यमा अवरोध हुनेछ । साबधान रहेर काम गर्ने सुझाब दिएका छन् । धनु मकर कुम्भ राशि हुने हरु क्रमशः अन्त्य, मध्य, आद्धय साढेसाति अशा रहने हुँदा यस्तो अवस्थामा साबधान रहेर काम गर्ने सल्लाह दिएका छन् । शनिको दशाले सबैलाई खराब गर्ने भने होइन ।
यदि अढैया तथा साढेसाति शनिको दशा चलेका राशिहरुमा पनि शनिग्रह जम्न कुण्डलीमा स्नगृही, मित्रगृहि, उच्च राशि र ३,६,११ स्थानमा शनि भएकाहरुलाई भने शनिले राम्रो फल दिने छ । यस्ता ब्यक्तिहरुका लागि शनिदेवले शुभ प्रधान गर्ने छन् । शनि खराब अवस्थामा रहेकाहरुलाई शनिको दशामा झुट्टा आरोप लाग्ने आलश्य तथा मानसिक चिन्ता बढ्ने, कममा ढिलासुस्ती, चोटपटकको योग, संचित धनको नाश गराउने जस्ता नकरात्मक फल साढेसाती तथा अढैया दशा भएको बेला प्रभाव पर्ने छ ।
अनिष्ट फलबाट बच्नका लागि देबिको पुजा स्त्रीहरुको सम्मान शनिको दान पिपलमा जल चढाउने शनिस्तोस्त्रको पाठगराउने या गर्ने जस्ता उपाए अपनाएमा केहि अशुभ फल कमहुने ज्यातिषीहरुले जानकारी गराएका छन् ।
(लेखक सुरेश चन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् । उनी दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव समेत हुन् । उनलाई ९८५१०६११२४ मा सम्पर्क गर्न सकिन्छ ।)
Facebook Comment