जनताको आवाजलाई निष्पक्ष प्रवाह गर्नु पर्छ : मन्त्री बास्कोटा

डिसी नेपाल
१४ पुष २०७६ १८:०२

लम्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको आवाजलाई निष्पक्ष तरिकाले सही रुपमा सूचना प्रवाह गर्नमा मिडियाले जोड दिनुपर्ने बताएका छन् । कैलालीको लम्की चुहा नगरपालिकामा ‘लम्की एफएम’को सोमबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले मिडियालाई स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न आग्रह गरे । सरकारले मिडियालाई सुरक्षा प्रदान गर्ने भएकाले यसले आफ्नो दायित्वसमेत पूरा गर्नुपर्ने मा उनले जोड दिए । ‘‘भ्रष्टाचार अन्त्यको कुरा आइरहेको छ, भ्रष्टाचार जसले गरेको भए पनि कारवाही हुनैपर्छ’’, सरकारका प्रवक्ता बाँस्कोटाले भने, ‘‘भ्रष्टाचार गरेको पाइएमा जोसुकैलाई पनि सबैले लखेट्नुपर्छ ।’’

सरकारका प्रवक्ता बाँस्कोटाले सुदूरपश्चिमलाई छाउपडी प्रथाको प्रदेश भनेर चिनिन नदिन सञ्चारकर्मीले सहयोग गर्नुपर्ने बताउँदै स्थानीय तहले छाउप्रथा मान्ने र मान्न लगाउने जो कोहीको घरको सामाजिक सुरक्षा भत्ता कटौती गरेमा न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘‘परिणाम देखिनेगरी स्थानीय सरकारले काम गर्नुपर्छ ’’, उनले भने, ‘‘स्थानीय सरकारको प्रयासविना छाउप्रथा निराकरण गर्न सकिँदैन ।’’

‘लम्की एफएम’का प्रबन्धक तीर्थ जैसीको सभापतित्वमा भएको कार्यक्र्रममा उनले सुदूरपश्चिमका सांस्कृतिक तथा पुरातात्विक बस्तुको प्रदर्शन गर्न सके पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *