बाह्य विश्वसँग सुमधुर सम्बन्ध कायम गर्न नेपाल सफल

डिसी नेपाल
१४ पुष २०७६ २०:०८

काठमाडौं । परराष्ट्र मन्त्रालयले गत आर्थिक वर्षमा नेपालको राष्ट्रियहित संरक्षण र प्रवद्र्धनलाई केन्द्रमा राखेर परराष्ट्र नीति प्रभावकारीरुपमा सञ्चालन गरेको तथा त्यसबाट बाह्य विश्वसँग सुमधुर सम्बन्ध कायम गर्न सफलता मिलेको बताएको छ ।

मन्त्रालयले सोमबार राजधानीमा आफ्नो चौथौँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत वर्ष परराष्ट्र सम्बन्ध विस्तारका फाँटमा उल्लेख्य प्रगति भएको, फलदायी एवं परिणाममुखी काम भएका बताएको छ । बहुक्षेत्रमा नेपालको बाह्य सम्बन्ध सुदृढ ढङ्गले विकास भएको दाबी पनि मन्त्रालयले गरेको छ ।

वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गत वर्ष नेपालको कूटनीति सक्रिय, गतिशील र परिणाममुखी रहेको तथा नेपालको संविधानले दिशानिर्देश गरेअनुरुप बाह्य जगत्मा नेपालको छवि उच्च पार्न र देशको सामाजिक–आर्थिक रुपान्तरणका लागि अनुकूल वातावरण सिर्जना गर्न सफलता मिलेको बताए ।

उनले वर्तमान सरकार गठन भएयता मुलुकको परराष्ट्र सम्बन्धलाई सुदृढ तुल्याउन भएका विविध प्रयास, अन्तरराष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्ध विस्तार, द्विपक्षीय वार्ता र सम्झौता, कूटनीतिक सम्बन्ध स्थापनाले साझा चासो र हितका विषयमा सकारात्मक परिणम प्राप्त भएको बताए ।

प्रतिवेदनमा बाह्य विश्वसँगको नेपालको सम्बन्धको समीक्षा, छिमेक, दक्षिण एशिया, उत्तरपूर्व एशिया, दक्षिणपूर्व एशिया तथा प्रशान्त, मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका, युरोप–अमेरिका, क्षेत्रीय सहयोग, बहुपक्षीय मामिला, सार्वजनिक कूटनीति, सेवा प्रवाहलगायत विषय समेटिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *