सहकारी नाफामुखी नभइ सेवामुखी हुनुपर्छ : प्रमुख सचेतक गुरुङ

डिसी नेपाल
१४ पुष २०७६ २२:४०

लमजुङ । कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख संचेतक देवप्रसाद गुरुङले सहकारी नाफामुखी मात्रै नभइ उत्पादनमुखी, वितरणमुखी र सेवामुखी हुनुपर्ने बताएका छन् ।

सुन्दरबजार नगरपालिका– १ कुन्छामा भागिरथी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिडेडको चौंथो साधरणसभा तथा तेस्रो अधिवेशनको सोमबार उद्घाटन गर्दै उनले भने, “सहकारीले नाफा हुने क्षेत्र बाहेक उत्पादनमू्लक क्षेत्रमा लगानी गर्न सके आत्मनिर्भर अर्थतन्त्रको विकासमा सहयोग पुग्छ ।”
संचेतक गुरुङले सहकारीको मूल्य, मान्यता र सिद्धान्तका आधारमा सहकारी चल्नुपर्नेमा जोड दिए । सो अवसरमा उनले उक्त सहकारीको नवर्निमित भवनको उद्घाटन पनि गरे । २१ लाखको लागतमा दुई तले सो भवन करीब चार आना जग्गामा निर्माण गरिएको सहकारीले जनाएको छ । विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा निर्माण भएको सो भवनमा चार वटा कोठा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *