वन्यजन्तुको उद्धार र व्यवस्थापनमा थप ध्यान दिन आवश्यक : मन्त्री बस्नेत

डिसी नेपाल
१४ पुष २०७६ २२:५०

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन्यजन्तुको उद्धार र व्यवस्थापनमा थप ध्यान दिनुपर्ने बताए । सदर चिडियाखानाको २४औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले समयसमयमा मानव बस्तीमा आएर जङ्गली जनावरले समस्या पर्ने गरेको भन्दै उनले व्यवस्थापनको लागि अझ ध्यान दिनुपर्ने बताए।

राष्ट्रिय प्राकृतिक संरक्षण कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री बस्नेतले भने,“व्यवस्थापनको लागि थप सिर्जनशीलताका साथ लाग्नुस् आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ । कार्यक्रममा चिडियाखानाका आयोजना व्यवस्थापक डा चिरञ्जीवीप्रसाद पोखरेलले थोरै क्षेत्रफलमा धेरै जीव जनावरको व्यवस्थापन गर्न कठिन भएको बताए ।

हाल चिडियाखानामा १ सय १९ प्रजातिका १ हजार ९८ वटा जीव जनावर रहेको छ । ती प्रजातिमध्ये ३३ स्थनधारी ६१ चरा ८ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

चिडियाखानाबारे जान्न सहज होस् भनी डिस्प्लेमार्फत जानकारी दिन थालेको पनि कार्यक्रममा बताइएको थियो । रातो हाब्रे, बाघ, भालु, हात्तीलगायतका जनावर हाल दर्शकको मुख्य आकर्षण रहेको छ । वार्षिक ११ लाख जना दर्शक अवलोकन गर्न आउने यहाँ १५ करोडको आर्थिक कारोवार हुने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *