प्राणी मात्रको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै विश्व शान्ति पूजा

डिसी नेपाल
१५ पुष २०७६ ७:३३

काठमाडौं। नेपाल बौद्ध संघको आयोजनामा पाँचौ विश्व शान्ति पूजा सोमबार सम्पन्न भएको छ । काठमाडौँको स्वयम्भूस्थित ब्राका समाज सेवा समिति गुम्बामा भएको पूजामा बौद्ध धर्मका त्रियान अन्तर्गतका महायान, बज्रयान र थेरवादका धर्मगुरुहरु सहभागि भई पूजामार्फत विश्व शान्तिको कामना गरेका थिए ।

विश्व शान्ति पूजा बौद्ध धर्मावलम्वीले विश्व शान्तिको कामना गर्दै सम्पुर्ण प्राणीजगतको सुस्वास्थ्य, दीर्घायू र शान्तिको लागि गर्ने गरेका छन् । छोग्याल रिन्पोछेको प्रमुख आतिथ्यतामा सम्पन्न पूजामा १३ जिल्लाबाट करिब ६ सय ५० लामा, भन्ते तथा आनीहरु सहभागि भएको संघका कार्यालय प्रमुख सर्विन्द्र ठाकुरले बताए ।

तीनवटै सम्प्रदायका धर्मगुरु तथा आनीहरुले फरक फरक स्थानबाट मन्त्रोच्चारण गर्दै विश्व शान्तिको कामना गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि छोग्याल रिन्पोछेको स्वागतका चर्या नृत्य समेत प्रस्तुत गरिएको थियो ।

पूजामा सहभागि भएका धर्मगुरुहरुले संघले आयोजना गरेको पूजाले बौद्ध धर्मभित्र रहेका परित्राण, धर्मचक्रपर्वत्तन सुत्र, प्रज्ञा पारमिता लगायतको संरक्षणमा मद्दत पुग्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *