बुधबारबाट देशभर चिसो बढ्ने, बिहीबार र शुक्रबार हिमपातसँगै वर्षाको सम्भावना

डिसी नेपाल
१५ पुष २०७६ १०:१९

काठमाडौँ । भोलि बुधबारदेखि देशका अधिकांश ठाउँमा जाडो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको पश्चिम तर्फ भारतको जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यूनचापीय वायु पूर्व सरेर मंगलबार बेलुकासम्म नेपाल प्रवेश गर्ने भएकाले पश्चिम तर्फबाट जाडो बढ्दै जाने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नेपाल प्रवेश गर्ने प्रणालीका कारण बुधबार देशको पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने तथा बिहीबार बेलुकीसम्म अझै सशक्त भइ देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा समेत भारी हिमपात हुनेछ।

यो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली भइ तापक्रम घट्ने र देशैभरि चिसो बढ्नुका साथै केही स्थानमा वर्षासँगै हिमपात समेत हुनेछ।

महाशाखाले मौसममा आउने बदलीसँगै चिसो रही रहने हुनाले, चिसोको असरका साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।

मौसम पूर्वानुमान महाशाखाको सूचना

हाल पश्चिमी न्यून चापिय प्रणाली जम्मु-कश्मिर माथि रहेको छ।

मौसमको अवस्था (Present Weather Status):

हाल देशको पश्चिमी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १५ गते (मंगलबार)

दिउँसो : देशको पश्चिमी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पौष १६ गते (बुधबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पुर्वि पहाडी भु-भागमा हल्का बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भु-भागमा हल्का देखि मध्यम खालको हिमपात पानि हुने संभाबना रहेको छ।

राती : देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपातको संभाबना रहेको छ।

पौष १७ गते (बिहिबार)

दिउँसो :देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का देखि मध्यम बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भु-भागमा मध्यम देखि भारी हिमपातको संभाबना रहेको छ।

राती : देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का देखि मध्यम बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भु-भागमा मध्यम देखि भारी हिमपातको संभाबना रहेको छ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *