आफ्नै पिताले ४ वर्षसम्म गरे यौनशोषण, गर्भवती १३ वर्षे छोरीको सुत्केरी हुने क्रममा मृत्यु

डिसी नेपाल
१५ पुष २०७६ १५:५६

काठमाडौं। एक पिताले आफ्नी बालिका छोरीलाई करिब ४ वर्षसम्म यौन शोषण गरे । पिताको बलात्कारका कारण छोरी गर्भवती भइन् । तर, बच्चा जन्माउने क्रममा पीडित छोरीको मृत्यु भएको छ । ब्राजिलको कोओरीको यो घटनामा पुलिसले पितालाई पक्राउ गरेको छ । डेलिमेलको रिपोर्ट अनुसार यही महिनाको दोस्रो हप्ता पीडितको मृत्यु भएको हो ।

पीडितको पेटमा तीव्र पीडा भएपछि उनलाई अस्पताल पुर्याइएको थियो त्यसपछि डाक्टरहरुले उनी गर्भवती भएको थाहा पाएका थिए । बच्चा जन्माउने क्रममा पीडितको मृत्यु भयो तर उनको बच्चा भने सुरक्षित छ । घटनाको खुलासापछि ३६ वर्षका पिताविरुद्ध अरेस्ट वारेन्ट जारी गरियो त्यसपछि पुलिसले उनलाई पक्राउ गरेको छ ।

पुलिसका अनुसार ती पिताले करिब ४ वर्षदेखि छोरीको यौनशोषण गरिरहेका थिए । २७ डिसेम्बरमा उनलाई अदालतमा पेश गरियो। पुलिसले आरोपी पिताविरुद्ध बाल यौन हिंसा र छोरीको ज्यान लिएको अभियोग लगाएको छ । पीडितको परिवारका अन्य सदस्यहरुले भने आफूहरुलाई यसबारे कुनै जानकारी नभएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *