सीमा सुरक्षामा सरकारले काम गरिरहेको छः गृहमन्त्री थापा

डिसी नेपाल
१५ पुष २०७६ १६:५६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षाका सवालमा सरकारले काम गरिरहेको बताएका छन्।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा मंगलबार गृहमन्त्री थापाले सीमा सुरक्षाका सवालमा दार्चुलामा प्रहरी चौकी स्थापनाको प्रकृया अगाडी बढेको बताए। सशस्त्र प्रहरीका बलका लागि चौकी स्थापना गर्न बजेट छुट्याइएको समेत उनले बताए।

‘सिंगो राष्ट्रको सुरक्षाका लागि बिओवी विस्तार गर्ने मन्त्तिपरिषदको निर्णय अनुसार प्रकृया अगाडी बढेको छ,’ उनले भने, ‘दक्षिणमा भारतसँग सीमा जोडिएका क्षेत्रमा १०५ र उत्तरमा ७ ओटा बिओपी थप्न प्रकृया अगाडी बढेको छ ।’

गृहमन्त्री थापाले लिम्पियाधुराको विवाद समाधानका लागि काम सुरु भएको बताएका छन् । त्यसक्षेत्रमा जान बाटो बनाउने प्रकृया सुरु भएको र मन्त्रिपरिषद्को बैठकले बजेट विनियोजन गर्ने निर्णय भएको उनले बताए ।

भारतले जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेपछि यसको व्यापक विरोध भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *