नेपाली कांग्रेसद्वारा पर्यटन बर्षलाई सफलताको शुभकामना

डिसी नेपाल
१५ पुष २०७६ १७:२९

काठमाडौं । नेपाली कांग्रेसले पर्यटन बर्षको सफलताको लागि शुभकामना दिएको छ । मंगलबार मेलमिलाप दिवशको एक दिन पूर्व पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सरकारले आयोजना गरेको नेपाल भ्रमण बर्षलाई शुभकामना दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पुष १६ गते अर्थात् जनवरी १ तारिखबाट प्रारम्भ हुने गरी नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई शुभकामना दिंदै नेपाली कांग्रेस यसको सफलतामा जुट्न स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा अनुरोध गर्दछ । ‘एक परिवार दुई पर्यटक’ को नाराका साथ विदेश स्थित नेपाली जनसम्पर्क समितिहरु एवं पार्टीको देशभरिका सबै तहलाई भ्रमण वर्षमा योगदान गर्न नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।

विज्ञप्तिमा उखँु किसान, एमसीसी, ट्रस्टको जग्गा विवाद लगाएतका विषयमा नेपाली काँग्रेसको धारणा उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *