पाल्पामा पुस २५ गते मगरी खाना महोत्सव हुने
पाल्पा । भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी पाल्पामा मगरी खाना महोत्सव हुने भएको छ । नेपाल मगर सङ्घ पाल्पाको आयोजनामा यही पुस २५ गते तानसेनमा मगरी खाना तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो । आन्तरिक पर्यटक आगमन बढाउन र मगरी कलासंस्कृतिको संरक्षण गर्न महोत्सव सफलदायी हुने सङ्घका अध्यक्ष तेजबहादुर घर्ती मगरले जानकारी दिए ।
महोत्सवमा मगरी खानाका परिकार बारा, अचार, तरुल, सखरखण्ड, सुँगुरको मासुलगायत स्वाद पाइने छ । यसैबीच मगर समुदायका अगुवाले पहिचानका आधारका रुपमा प्रदेश नं ५ को नामकरण मगरात थरुहट हुनुपर्नेमा जोड दिएका छन् । मगर सङ्घ पाल्पाले माघे सङ्क्रान्तिका अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका केन्द्रीय सल्लाहकार केहरसिंह रानाले प्रदेशको नाम मगरात रहनुपर्ने सङ्घको माग यथावत् रहेको दोहो¥याए।
मगर सङ्घ पाल्पाका अध्यक्ष तेजबहादुरले लखन थापालाई सरकारले शहीद घोषणा गरे पनि सरकारी कार्यालयहरुले त्यसको बेवास्ता गरेको भनी चिन्ता व्यक्त गरे। मगर सङ्घकी उपाध्यक्ष शान्ति झेडीले जिल्लाका सरकारी कार्यालयमा लखन थापाको तस्वीर राख्नुपर्ने माग गरिन् ।
Facebook Comment