रोहितको अर्धसतक, पारसको सतकदेखि ईंग्ल्याण्डको विश्वकप उपाधिसम्म
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटका महत्वपूर्ण क्षणहरु समावेश भिडियो तयार गरेको छ।
आईसीसीले उक्त भिडियोमा नेपालका रोहित कुमार पौडेलले सबैभन्दा कम उमेरमा बनाएको अर्धशतकका साथै नेपालका लागि पूर्वकप्तान पारस खड्का एकदिवसीयमा पहिलो शतक बनाएको सम्झना आइसीसीले गरेको छ।
यस्तै नेपालकी अञ्जली चन्दले महिला क्रिकेटमा माल्दिभ्सविरुद्ध लिएको ६ विकेट पनि आइसिसीको वर्षको उत्कृष्ट क्रिकेट क्षणमा परेको छ। सन् २०२० को पूर्वसन्ध्यामा आइसिसीले तयार पारेको झण्डै साढे ३ मिनेटको भिडियोमा रोहित र पारससँग अञ्जलीको खेलको सम्झना गरिएको हो।
रोहितले गएको जनवरी २६ मा रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरमा बनाएको एकदिवसीय अर्धशतक क्रिकेट इतिहासमा सबैभन्दा कम उमेरमा बनेको अर्धशतक हो। उनले युएईविरुद्ध ५८ बलमा ५५ रन बनाएका थिए।
जसले गर्दा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शहिद अफ्रिदीको कीर्तिमान रोहितले तोडेका हुन्।
यस्तै गएको वर्ष जनवरी २८ मा पूर्वकप्तान पारस खड्का नेपालका लागि एकदिवसीयमा पहिलो शतक बनाउने खेलाडी बने। त्यसबेला पारसले युएईविरुद्ध १ सय ९ बलमा १ सय १५ रन बनाएका थिए। जुन नेपालका लागि एकदिवसीयमा पहिलो शतक हो। गएको वर्ष सेप्टेम्बर २८ मा पारसले सिंगापुरविरुद्धको टी २० खेलमा नेपालका लागि पहिलो शतक पनि बनाएका थिए।
यस्तै नेपालकी अञ्जली चन्दले महिला क्रिकेटमा माल्दिभ्सविरुद्ध लिएको ६ विकेट पनि आइसिसीको वर्षको उत्कृष्ट क्रिकेट क्षणमा परेको छ। दक्षिण एसियाली खेलकुदको महिला क्रिकेटमा अञ्जलीले माल्दिभ्सविरुद्ध एक रन पनि नदिइ ६ विकेट लिएकी थिइन्। जुन उनको अन्तर्राष्ट्रिय टी २० को डेब्यू खेल पनि थियो।
यी हुन् आईसीसीले समावेश गरेको वर्षको महत्वपूर्ण क्षणहरु
- जनवरी ७ः भारतले अस्ट्रेलियामा जितेको मेडन टेस्ट सिरिज।
- जनवरी २६ः रोहित पौडेल अन्तराष्ट्रिय क्रिकेटमा अर्धसतक बनाउने सबैभन्दा कान्छो खेलाडी।
- जनवरी २८ः पारस खड्का नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा सतक प्रहार गर्ने पहिलो खेलाडी।
- फेब्रुअरी १ः भारतकी मिथाली राज २ सय एकदिवसीय खेल्ने पहिलो महिला क्रिकेटर।
- फेब्रुअरी २३ः दक्षिण अफ्रिकामा टेस्ट सिरिज जितेको श्रीलंका दक्षिण अफ्रिकामा टेस्ट सिरिज जित्ने पहिलो एसियाली देश बन्यो।
- फेब्रुअरी २४ः अफगानिस्तानले आयरल्याण्डविरुद्धको टी २० मा २ सय ७८ रन बनायो। जुन अन्तर्राष्ट्रिय टी २० को सबैभन्दा धेरै रन हो।
- मार्च १८ः अफगानिस्तानले आयरल्याण्डलाई हराउँदै पहिलो टेस्ट सिरिज जित्यो।
- मार्च २३ः नाइजेरियाको यु १९ टिम पहिलो पटक विश्वकपका लागि छनोट भयो।
- अप्रिल २७ः क्लेरी पोलोसाक पुरुष एकदिवसीय खेलमा अम्पायर बन्ने पहिलो महिला बनिन्। उनले डिभिजन टू अन्तर्गत ओमन र नामिबियाबीचको खेल खेलाएकी थिइन्।
- जुन १८ः इओन मोर्गानले एकदिवसीयमा १७ छक्का हानेर एकै खेलमा सबैभन्दा धेरै छक्काको कीर्तिमान बनाए।
- जुन २०ः युगान्डाको महिला टिमले टी २० क्रिकेट इतिहासमा सबैभन्दा धेरै ३ सय १४ रन बनायो।
- जुन २७ ः भारतका विराट कोहली सबैभन्दा छिटो २० हजार रन बनाउने खेलाडी बने।
- अगस्ट १ः इंग्ल्याण्ड र अस्ट्रेलिया जर्सी नम्बर र नामसहित टेस्ट क्रिकेट खेल्ने पहिलो टिम बने।
- सेप्टेम्बर ५ः थाइल्याण्ड २०२० को महिला टी २० विश्वकपमा छनोट भएर इतिहास बनायो।
हेर्नुहोस भिडियोः
2️⃣0️⃣1️⃣9️⃣ leaves us with unforgettable cricketing memories!
Which is your favourite?
Watch our 2019 rewind below ⏪ pic.twitter.com/2vXyotmMts
— ICC (@ICC) December 31, 2019
Facebook Comment