प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

डिसी नेपाल
१५ पुष २०७६ २२:०७

काठमाडौं । प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना सन् २०१९ मा १११ घटना भएका छन्। ती घटनाबाट १६३ जना पत्रकार प्रत्यक्ष प्रभावित भएको फ्रिडम फोरमले जनाएको छ। फोरमले गरेको मिडिया अनुगमनको प्रतिवेदनअनुसार अघिल्लो वर्ष सन् २०१८ मा ९८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका थिए ।

प्रदेशगत प्रतिवेदनअनुसार प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना सबैभन्दा बढी प्रदेश ३ मा ४० वटा भएको पाइन्छ। त्यस्तै प्रदेश नं १ मा ११, प्रदेश २ मा २९, गण्डकी प्रदेशमा १२, प्रदेश ५ मा नौ, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पाँच÷पाँच वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका छन्।

प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना बढ्दो, पत्रकारविरुद्धका अपराधसम्बन्धी दण्डहीनता अन्त्यको लागि पहलको अभाव, मिडियामैत्री कानूनको अभावजस्ता कुरालाई प्रतिवेदनले समेटेको छ। फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले भने, “स्थानीय तहमा निर्माण हुँदै गएका मिडिया कानून, प्रदेशसभामा निर्माण भएका आमसञ्चारसम्बन्धी ऐन र सङ्घीय ऐन संविधानमैत्री हुनुपर्दछ ।” रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *