उपनिर्वाचन २०७६ : डोटीमा नेकपा विजयी

डिसी नेपाल
१५ मंसिर २०७६ ७:०८

डोटी। आदर्श गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन्। उनले कूल ६८६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महादेव साउदले ६५६ मत प्राप्त गरेका छन्।

त्यस्तै राप्रपाका उम्मेदवार काशीराम ओझाले १५ तथा स्वतन्त्र उम्मेदवार भूमिसिंह खडकाले १९१ मत प्राप्त गरेकाे जनाइएको छ। कूल एक हजार ५९० मत खसेकामा ६० मत बदर भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको ।

उक्त वडामा यसअघि पनि नेकपाले नै जितेको थियो। तत्कालीन वडाअध्यक्ष प्रेम बोहराको जीप दुघटनामा परी मृत्यु भएपछि उपनिर्वाचन भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *