दाङमा मतगणना शुरु

डिसी नेपाल
१५ मंसिर २०७६ १०:४०

दाङ। उपनिर्वाचन २०७६ अन्तर्गत दाङ क्षेत्र नं ३ (ख)को मतगणना शुरु भएको छ । घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

मतगणना आज बिहान ९ः०० बजेबाट शुरु गरिएको हो । मतगणना वडागत रुपमा शुरु गरिएको छ । शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *