नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन टोकियोमा अन्तरक्रिया

डिसी नेपाल
१५ मंसिर २०७६ १०:४८

टोकियो। टोकियोमा जापान नेपाल फ्रेन्सिप सोसाइटीको आयोजनामा नेपाल भ्रमण वर्ष २०२० लाई  सफल बनाउने विषयमा जापानी संघ सस्था र नेपाली समुदायबीच अन्तरक्रिया भएको छ ।

कार्यक्रममा बोल्दै संघिय संसदको सदस्य जिप छिरिङ लामाले नेपालको गरिमा बढाउने भिजिट वर्ष २०२० सफल बनाउन सबैलाई अनुरोध गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा बोल्दै भ्रमण वर्ष २०२० का सदस्य सचिव  बच्चुनारायण  श्रेष्ठले भिजिट नेपाल २०२० मा २० लाख पर्यटक नेपाल भित्राउने उद्देश्यका लिएको र २० लाख पर्यटक भित्राउँदा देशको सबै क्षेत्रलाई आर्थिक संचार गराउने योजना बनाउदै अधिकतम प्रचार प्रसार गर्न सबैलाई हातेमालो गर्न आव्हान गरेका थिए । उनले सकारात्मक सन्देश जाने काम र सुचाना प्रवाहगरी भ्रमण वर्षलाई सफल बनाउन अनुरोधसमेत गरे।

एनआरएनए निवर्तमान अध्यक्ष भवन  भट्टले नेपालको आर्थिक विकाश गर्ने महत्वपूर्ण माध्यम बनाउदै अधिकतम पर्यटक भित्राउनु पर्ने र क्वालिटी पर्यटक भन्दापनि सक्दो धेरै पर्यटक भित्राउने र भारतको पर्यटक भित्राउने तरिकाको उदाहरण दिदै १ दिन बस्ने लाई केही रकम भिजाको रकम लिने १ महिना बस्नेलाई भिजा रकम नलिदा पर्यटकको नेपालमा बसाइ बढी बस्ने बताए।

भिजिट नेपाल २०२० कार्यक्रम संयोजक विस्मभर घिमिरेले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । उनले भ्रमण वर्ष बर्ष सफल बनाउन सबैलाई सहयोग गर्न अनुरोध समेत गरे ।

कार्यक्रम औपचारिक रुपमा सोसाइटीका कर्पु शेर्पाले सहजिकरण गरेका थिए । कार्यक्रममा सोसाइटीका अध्यक्ष तादासी यामागिसीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा नेपालबाट प्रतिनिधि सभा सदस्य जिप छिरिङ लामा, एनआरएनए आईसीसीका निवर्तमान अध्यक्ष भवन भट्ट, एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, भिजिट नेपाल २०२० का सदस्य सचिब बच्चुनारायण श्रेष्ठ ,कार्यक्रम संयोजक बिशम्बर घिमिरे,यामनाशी एन्विरोन्मेन्तल काउन्सिलका हिरोमी इशिओका,पत्रकार विश्वास आचार्य, नेकपा जापानका नेता सिद्धार्थ श्रेष्ठ, बाबुराम भण्डारी, राजेन्द्र श्रेष्ठ, एनआरएन जापानका सदसयीय सुरेश गिरी,आँपचौर सेवा समितिका अध्यक्ष महेन्द्र अधिकारी, दोलाखा समाजका अध्यक्ष नवराज थापा, एनआरएनए कान्तोका भीम न्यौपानेलगायतको उपस्थित रहेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *