भक्तपुरमा नेकपालाई झड्का, कांग्रेसका भँडेल विजयी

डिसी नेपाल
१५ मंसिर २०७६ ११:१५

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी भएका छन् ।

कांग्रेसका उम्मेद्वार भँडेलले १३ हजार ४ सय ४८ मत ल्याउँदै भक्तपुर १ को प्रदेशसभा (क) मा बाजी मारेका हुन् ।

निकटतम प्रतिद्धन्दी नेकपाका उम्मेद्वार देवीप्रसाद ढकाललाई २ हजार २ सय ४२ मतअन्तरले पराजित गर्दै भँडेल विजयी भएका हुन् ।
नेकपामा उम्मेद्वार ढकालले ११ हजार २ यस ६ मत पाएका छन् ।

त्यसैगरी नेमकिपाका उम्मेद्वार निरज लवजूले ५ हजार २९ मत प्राप्त पाएका छन् ।

यसअघि सो क्षेत्रमा तत्कालिन नेकपा (एमाले) का उम्मेद्वार हरिशरण लामिछानेले विजयी भएका थिए । लामिछानेको
गत वैशाख ३१ मा हृदयघातबाट निधन भएपछि प्रदेशसभा सदस्य पद रिक्त थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *