उपनिर्वाचन : दाङमा नेकपाको अग्रता, पछि-पछि कांग्रेस

काठमाडौं । दाङ क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) मा नेकपाले प्रारम्भिक अग्रता लिएको छ।
दाङको बबई गाउँपालिका–१ को मतगणना सकिँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विमला ओलीले १९०६ मत पाएकी छिन् ।
नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले ११३४ मत पाएका छन् । आचार्य नेकपा उम्मेद्वार ओली भन्दा ७ सय ७२ मतले पछाडि छन् ।
आइतबार बिहान ९ बजेबाट शुरु भएको मतगणना वडागत रुपमा शुरु गरिएको छ।
शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए।
प्रतिक्रिया
Facebook Comment